बौद्ध सम्पदा र आधुनिक विकास जोड्दै गेलेफु, ‘प्रोजेक्ट १०८’ अन्तर्गत एकै दिन १०८ स्तूप सम्पन्न गर्ने तयारी

काठमाडौं, १४ असोज । बौद्ध आध्यात्मिक सम्पदा, प्रकृतिसँगको सामञ्जस्य र आर्थिक समृद्धिलाई जोड्ने उद्देश्यसहित भुटानले गेलेफु माइन्डफुलनेस सिटीको विकास अघि बढाइरहेको छ। यसै योजनाको आध्यात्मिक पहल ‘प्रोजेक्ट १०८’ अन्तर्गत आगामी १ नोभेम्बर २०२६ मा १०८ वटा बोधि स्तूप एकसाथ सम्पन्न गर्ने तयारी भइरहेको छ। भुटानका राजा जिग्मे खेसर नामग्येल वाङ्चुकको परिकल्पनामा अघि बढाइएको गेलेफु माइन्डफुलनेस सिटी भारतको असम राज्यसँग सीमा जोडिएको दक्षिणी भुटानमा अवस्थित छ। आधिकारिक वेबसाइटअनुसार यसको क्षेत्रफल ४,०४६ वर्गकिलोमिटरभन्दा बढी छ, जुन भुटानको कुल भूभागको करिब १० प्रतिशत हो। फेब्रुअरी २०२४ मा राजकीय अधिकारपत्रमार्फत स्थापना गरिएको यस विशेष…

Read More

राहत कोषमा डोल्पो समाजको २० लाख सहयोग, दिगो पर्यटन विकासको प्रस्ताव पेस

काठमाडौं । डोल्पो समाजले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावितहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । सोही अवसरमा समाजले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा माथिल्लो डोल्पाको दिगो पर्यटन विकाससम्बन्धी प्रस्तावसमेत पेस गरेको छ । समाजका अनुसार संस्थापक तथा प्रमुख सल्लाहकार न्यिमा रिन्पोछे र अध्यक्ष दावा डाडुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलमार्फत उक्त सहयोग हस्तान्तरण गरेको हो । समाजले राहत सहयोगमा साथ दिनुहुने शाक्य रिन्पोछेलगायत सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ । माथिल्लो डोल्पाका डोल्पो बुद्ध,…

Read More