चन्द्रागिरी नगरपालिका वडा १२ बलम्बु भास्तिपुर अवस्थित एतिहासिक पोखरीमा स्थानीय दाताहरु र अन्य दाताहरुको सहयोगबाट बुद्धको मुर्ती प्रतिस्थापन गरि शुक्रबार अहोरात्री श्रदये भिक्षु महासंघद्रारा परित्राण गरि आज बिहान बुद्धपुजा , अस्टपरिस्कार, संघदान र भोजनदान गरि उद्घाटन सप्पन्न गरिएको छ । उक्त कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री , उपाध्यक्ष धर्ममुर्ती महस्थविर, महासचिव भिक्षु कोन्दन्य भिक्षु संघ र अनागारिका गुरुमा र बिशाल संख्यामा उपासक उपासिकाहरु उपस्थित थिए ।
Read Moreमहिना: मार्च 2019
सुलक्षण कीर्तिमा बुद्ध पूजा
सुलक्षण कीर्ति विहार कीर्तिपुरमा प्रत्येक महिनाको प्रतिपदाको दिन गरिने बुद्ध पूजा आज सम्पन्न भयो । पूजामा भन्तेहरु सहित दर्जनौ उपासक उपासिकाहरु सहभागि भएका थिए । पूजाकै अवसरमा मंगलसूत्रको विषयमा धर्मदेशना प्रदान दिइएको थियो ।
Read Moreशेर्पा गुम्बामा मानी रिल्डुप सम्पन्न (फोटो फिचर)
ओखलढुंगाको किङ्खुर्दिङ गुम्बाका लामाज्यूहरुबाट शुक्रबार काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा मानी रिल्डुप पूजा सम्पन्न भएको छ । मानी रिल्डुप पूजाका लागि ४ सय ५० सदस्यीय आयोजक मूल समिति बनाइएको थियो । पूजामा उल्लेख्य मात्रामा धर्मावलम्वीहरु सहभागि थिए । पूजासँगै सम्पर्ण प्राणी जगतको दीर्घायूको कामना पनि गरियो । तस्विर : ल्हाक्पा शेर्पा भिजे
Read MoreSwayambhunath Stupa
The Swayambhunath Stupa is one of the crowning glories of Kathmandu Valley architecture. This perfectly proportioned monument rises through a whitewashed dome to a gilded spire, from where four iconic faces of the Buddha stare out across the valley in the cardinal directions. The site was shaken severely by the 2015 earthquake, but the main stupa sustained only superficial damage. The entire structure of the stupa is deeply symbolic: the white dome represents the earth, while the 13-tiered, tower-like structure at the top symbolises the 13 stages to nirvana.…
Read Moreभोली स्वयम्भूमा १० करोड बज्रगुरु जप समापन हुने
नेपाल बुद्ध धर्म सेवा, हिमाली शेर्पा समाज तथा सृजनशील आमा समूहद्वारा विश्व शान्तिको कामना गर्दै काठमाडौँको स्वयम्भूमा श्रद्धेय बौद्ध धर्मगुरु कुंगा रिन्पोछेज्यूको समुपस्थितिमा प्रथम बज्रगुरु थ्युङ्गूर २०७५ (दश करोड बज्रगुरु जप) भइरहेको छ । चैत २ गतेदेखि सुरु भएको बज्रगुरु जप भोली शनिबार समापन हुँदैछ । बज्रगुरु जप समापनसँगै सोही दिन परेको विश्व मौसम दिवसलाई लक्षित गरेर स्वयम्भू महाचैत्य परिसरमा स्वयम्भू सरसफाई र परिक्रमा कार्यक्रम पनि आयोजना गरिने नेपाल बुद्ध धर्म सेवा संघका सभापतिा साङ्बो शेर्पाले बताए ।
Read Moreथाइल्याण्डका भिक्षुहरु आइतबार भिक्षाटानमा सहभागि हुँदै
थाइल्याण्डबाट आएका १० भिक्षुहरु आइतबार भिक्षाटान कार्यक्रममा सहभागि हुँदैछन् । आइतबार बिहान ७ बजेर ३० मिनेटमा काठमाडौँको जयबागेश्वरी स्थित जयवागेश्वरी मन्दिरबाट भिक्षुहरुको भिक्षाटान सुरु हुने जानकारी चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिए । भिक्षाटन जयबागेश्वरी मन्दिरबाट सुरु भएर सिफल, कुटुबहिल, पिंगला विहार, लामपोखरी, चावहिल गणेशस्थान बजार, चावहिल चौक हुँदै चारुमती विहारमा पुगेर समापन हुनेछ । सम्पुर्ण उपासक उपासिकाहरुले यसै रुटमार्फत् भिक्षाटान कार्यक्रममा सहभागिता जनाउन सक्ने आयोजक चारुमती बुद्धिष्ट मिसन, नेपालले जानकारी दिएको छ ।
Read Moreचारुमती विहारमा होली
बुधबार फागु पूर्णिमाको अवसर पारेर काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा विशेष कार्यक्रम आयोजना गरियो । फागु पूर्णिमाको शुभकामना आदानप्रदान र शान्तिको कामनाा सहित उक्त कार्यक्रममा बुद्ध पूजा, परित्राण, धर्मदेशना र पूण्यानुमोदन लगायतका कार्यक्रम गरिएको थियो । फागुन पूर्णिमाकै दिन सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसके पछि पहिलोपटक राजा सुद्धोदनको निमन्त्रणामा राजगृह नगरबाट कपिलवस्तु नगरमा प्रस्थान गरेका थिए । यसकारण पनि फागु पूर्णिमा बौद्ध धर्मावलम्वीका लागि पनि विशेष महत्वपुर्ण रहेको छ ।
Read Moreबुद्धले थालनी गरेको सोवा रिग्पा उपचार पद्धतीलाई सरकारले प्रवद्र्धन गर्ने
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले करिब २६ सय वर्षअघि भगवान गौतम बुद्धले थालनी गर्नुभएको सोवा रिग्पा स्वास्थ्य उपचार पद्धतिलाई मूल उपचार प्रणालीको रुपमा विकसित गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ । सोवा रिग्पा एशोसिएसन नेपालका अध्यक्ष आम्ची डा तेन्जीङ धार्के गुरुङ्ग (गुगे) को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले होमियोप्याथिक, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चरजस्तै सोवा रिग्पालाई पनि राज्यले वैकल्पिक तथा पूरक चिकित्सा पद्दतिको रुपमा महत्व दिँदै स्वास्थ्य ऐन २०७५ र विभिन्न स्वास्थ्यसम्बन्धी नीतिहरुमा व्यवस्था गरेको उल्लेख गर्नुभयो । ज्ञापनपत्रमा नेपालको संविधान संशोधन गर्दा धारा ५१…
Read Moreभिक्षु अश्वघोषको स्वास्थ्य सुधारोन्मुख
काठमाडौँ, ५ चैत (रासस) ः थेरवाद बुद्धधर्मका भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्यावस्था सुधारोन्मुख बन्दै गएको छ । केही दिनदेखि अचेत भिक्षुले आँखाले हेर्ने, इशारा गर्ने र सामान्य कुरा गर्न थाल्नुभएको अखिल नेपाल भिक्षु महासङ्घका सदस्य भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । उहाँलाई चिकित्सकको विशेष निगरानीमा राखिएको छ । पूर्वसांसद अश्वघोषको मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याका कारण ग्राण्डी अस्पताल टोखामा करीब दुई सातादेखि उपचार भइरहेको छ । करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका भिक्षु अश्वघोषको उपचारका लागि खर्च सरकारले व्यहोर्ने भएकामा महासङ्घले त्यसको स्वागत गरेको…
Read MoreShort Info of Buddhist Shrine Namo Buddha
Namo Buddha a magnificent Buddhist monastery lies 38 km east of Kathmandu with 1,750 meters. Namo Buddha is one of the most important pilgrim sites in the valley, particularly for Mahayana Buddhists. In one of his previous lives as a prince, it was here that the Buddha gave up his body out of compassion for a starving tigress and her cubs. It has a fantastic story concerned with the Buddha which is commemorated by an ancient stone slab and a Stupa with the all-seeing eyes of Lord Buddha. This holy…
Read More