मठीय जीवन त्यागेर जंगलमा ध्यान: तिलोपाको अनौठो आध्यात्मिक यात्रा

बौद्ध गुरु तिलोपा ८औँदेखि ११औँ शताब्दीबीचका महान योगी तथा शिद्ध गुरु हुनुहुन्छ । उहाँको जन्म हालको भारतमा एक ब्राह्मण परिवारमा भएको मानिन्छ । उहाँमा बाल्यकालदेखि नै तीक्ष्ण बुद्धि र आध्यात्मिक जिज्ञासा देखिन्थ्यो । प्रारम्भिक शिक्षामा उहाँले सामान्य वैदिक अध्ययन, संस्कृत शास्त्र र धर्मशास्त्रहरूको ज्ञान प्राप्त गर्नुभयो । तर बाल्यकालमै उहाँको मन भौतिक जीवनभन्दा पर गहिरो सत्यको खोजतर्फ आकर्षित भयो ।

युवावस्थामा तिलोपाले मठीय शिक्षा ग्रहण गर्दै बौद्ध दर्शन, तर्कशास्त्र र ध्यान अभ्यासको अध्ययन गर्नुभयो । तर उहाँले शास्त्रीय ज्ञानले मात्र मुक्ति सम्भव हुँदैन भन्ने निष्कर्ष निकाल्नुभयो । त्यसपछि उहाँले परम्परागत मठीय जीवन त्यागेर विभिन्न गुरुहरूबाट तान्त्रिक र ध्यान साधनाको शिक्षा लिन थाल्नुभयो । उहाँले धेरै कठिन साधनाहरू गर्दै आफ्नै अनुभवबाट बोध प्राप्त गर्नुभयो र आफुलाई महासिद्धको रूपमा स्थापित गर्नु भयो ।

तिलोपाको शिक्षामा सबैभन्दा महत्त्वपूर्ण कुरा प्रत्यक्ष अनुभव हो । उहाँका अनुसार सत्यलाई किताब वा शब्दबाट मात्र बुझ्न सकिँदैन, ध्यान र साधनाद्वारा मात्र अनुभव गर्न सकिन्छ । यही कारण उहाँको शिक्षामा सरलता भए पनि गहिरो अर्थ लुकेको हुन्छ ।

उहाँका प्रमुख शिष्य नारोपा हुनुहुन्छ । तिलोपाले नारोपालाई विभिन्न कठोर परीक्षा र प्रतीकात्मक अभ्यासहरूद्वारा दीक्षित गर्नुभयो । पछि नारोपा योग वा ६ योगहरू भनेर चिनिन्छ । यसले बौद्ध काग्यु परम्पराको विकासमा ठूलो योगदान दियो ।

तिलोपाको जीवनले देखाउँछ कि साँचो आध्यात्मिकता बाहिरी नियमभन्दा बढी भित्री अनुभूतिमा आधारित हुन्छ । उहाँ आज पनि ध्यान, योग र बौद्ध तान्त्रिक परम्परामा अत्यन्त सम्मानित गुरुका रूपमा स्मरण गरिन्छ ।

Share

Related posts

One Thought to “मठीय जीवन त्यागेर जंगलमा ध्यान: तिलोपाको अनौठो आध्यात्मिक यात्रा”

  1. Prakash Shakya

    के हामिहॠ कार्ग्युपा सम्प्रदायको हो ? यस्तोसोध्नुको अर्थ मैले मार्पा गुरुको काठमाडौ बसाइ बारे विशेष अध्ययन गरिसकेको हुनाले त्यस सम्बन्धी तपाइहरु कतिको सकरात्मक छ भनेर बुझ्न चाहेकोहो।

Leave a Comment