अवतारीको पूनर्जन्म व्यवस्थापनको उद्गमस्थल—कुर्बु गुम्बा

कुर्बु गुम्बा ल्हासा शहरबाट पश्चिमतिर ६० किलोमिटर टाढा त्वी लुङ्ग द छिङ्ग जिल्लाको कु रुङ्ग क्षेत्रअन्तर्गत छु बु कौमा पर्दछ । तिब्बती बुद्ध धर्मअन्तर्गत खामागेग्यु सम्प्रदायका संस्थापक डुस्गसुम्मखयेन पाद्बारा सन् ११८९ मा स्थापित उक्त गुम्बा गेग्यु सम्प्रदाय अन्तर्गत है माउ शाखाको मुख्य गुम्बा हो । उक्त गुम्बा तिब्बती बुद्ध धर्ममा अवतारीको पूनर्जन्म व्यवस्थापनको उद्गमस्थल मानिन्छ । दोस्रो पुस्ताका अवतारी खा मा पा तिब्बती बुद्ध धर्मका पहिलो पूनर्जन्म अवतारी हुन् ।

कुर्बु गुम्बामा प्रशस्तै सम्पदा छन् । अधिकांसको राम्रोसँग संरक्षण गरिएको छ । उदाहरणका लागि, कुर्बु गुम्बाको मुख्य भवन बाहिर लगभग २ दशमल ५ मीटर अग्लो र शुन्य दशमलव ५ मीटर फराकिलो स्मारकमा तिब्बती भाषा लेखिएको छ । पूरानो तिब्बतको राजनीति, अर्थतन्त्र र धर्मको अनुसन्धान गर्नका लागि यहाँ महत्वपूर्ण मूल्यवान कुराहरु भेटाउन सकिन्छ ।

कुर्बु गुम्बाका आठौं पुस्ता अवतारी खा मा पाले आफ्ना गुरुलाई सम्झना गर्नका लागि बनाएको चाँदीको मुर्ति गुम्बाको सबैभन्दा महत्वपूर्ण सम्पदा हो । चाँदीको मुर्ति बनाइएपछि सात दिनसम्म झुण्ड्याएको पनि किम्बदन्तीमा लेखिएको छ ।

Share

Related posts

Leave a Comment