लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा डीन सम्मानित

विगत ३० वर्षदेखि बुद्ध धर्म अध्ययन,अध्यापनका साथै बुद्ध धर्मको अनुसन्धान कार्यमा संलग्न लोटस रिसर्च सेन्टरको आयोजनामा लुम्बिनी विश्वविद्यालयमा नवनियुक्त उपकुलपति डा.हृदय रत्न बज्राचार्य र डिन डा. मनिक रत्न शाक्य भिक्षुलाई सम्मान कार्यक्रम सम्पन्न भयो ।

सेन्टरले संचालन गर्दै आएको लोटस रिसर्च सेन्टरका अध्यक्ष डा. सुरेन्द्रमान बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलेजका निवर्तमान प्रिन्सिपल डा. इन्द्रसिद्धि बज्राचार्य, सेन्टरका अध्यक्ष डा. सुरेन्द्रमान बज्राचार्य तथासंस्थापक अध्यक्ष बज्रराज शाक्यले डा.हृदय रत्न बज्राचार्य र डा. माणिक रत्न शाक्यलाई क्रमशः खादा,  फूलगुच्छा र उपहार प्रदान गरी सम्मान गरिएको थियो । साथै लोटस एकेडेमीका भुपु विद्यार्थीहरुको समूह लोटस बुद्धिस्ट स्टडिज ग्रुपका विद्यार्थीहरुबाट उहाँहरुलाई उपहार दिई सम्मान गरिएको थियो ।

लुम्बिनी विश्व विद्यालयका उपकुलपति डा. हृदय रत्न बज्राचार्यले हामी बौद्धहरु बौद्ध निधिहरु संरक्षण गर्ने, बुद्ध धर्म हाम्रो हो भन्ने आभास दिलाउन समाजसंग सहकार्य गर्दै जानु पर्ने , २१ औं शताब्दीका अहिलेका युवा पुस्ताहरुलाई जीवन जिउने कला बुद्ध शिक्षा मार्फत दिलाउनु पर्ने तथा बौद्ध विश्वविद्यालय, एकेडेमिक, अनुसन्धानमूलक बनाउने काममा समर्पित हुनु पर्ने कुरामा ध्यान दिनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा विश्व विद्यालयका डिन डा. माणिक रत्न शाक्यले विश्वविद्यालयले गरेका मुख्य मुख्य कार्यहरुबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कलेजका प्रिन्सिपल धर्मसुन्दर बज्राचार्य, सेन्टरका कोषाध्यक्ष किरण नरसिं शाक्य लगायत कलेजका उप प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

Share

Related posts

Leave a Comment