शनिवार अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा परित्राण र धर्मदेशना

रुपन्देहीको डिंगरनगर, तिलोत्तमा ४ स्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा फागुन १४ गते आइतवार गर्ने भनिएको परित्राण पाठ र धर्मदेशना कार्यक्रम एकदिन अगाडि नै गरिने भएको छ । कार्यक्रम शनिवार हुँदैछ । शनिवार विहान ८ बजेदेखि म्यानमारबाट आउनु भएका भिक्षु प्रज्ञा श्रीबाट बुद्ध वचन श्रवण गर्न धर्मदेशना कार्यक्रम आयोजना गरिएको हो । धर्मदेशना कार्यक्रममा सहभागि हुन सम्पुर्ण उपासक उपासिकालाई विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले आग्रह गर्नु भएको छ ।

उक्त दिन पाल्पा तानसेन निवासी आनन्द विहारका पूवै अध्यक्ष तथा सल्लाहकार देवेन्द्रमान शाक्य ८० वर्ष प्रवेश गरेको अवसरमा उहाँले विहारमा भोजनदान गर्नु भएको छ । त्यस्तै अमेरिकामा बस्दै आउनु भएका विमल मगरले उपसम्पदा दीक्षा लिने कार्यक्रम पनि रहेको छ । श्रामेणर विमललाई अमेरिकामै बस्ने सवित्रा पुलामीले अष्टपरिस्कार दाा र जलपान तथा भिक्षु संघलाई भोजनदान गर्ने कार्यक्रम छ ।

Share

Related posts

Leave a Comment