रुपन्देहीको तिलोत्तमा नगरपालिका २ स्थित विश्व सुख शान्ति बौद्ध विहारमा १० दिने विपश्यना ध्यान शिविर सुरु भएको छ । फागुन ३ गते बुधवारदेखि सुरु भएको ध्यान शिविर फागुन १२ गते शुक्रवारसम्म जारी रहनेछ ।
विहारमा जारी नवौ १० दिवशीय विपश्यना ध्यान शिविर बर्माबाट आउनु भएका प्रज्ञा रस्मीको अगुवाईमा भइरहेको छ । ध्यान शिविरको आयोजक विश्व सुख शान्ति बौद्ध विहार सेवा समिति रहेको छ ।




