लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रज्ञा स्तुपको उद्घाटन गरेको छ । रक्षामन्त्री इश्वर पोखरेलले विहिबार विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा निर्मित प्रज्ञा स्तुपको उद्घाटन गरेका हुन् ।
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, प्राध्यापक लगायतको उपस्थितीमा बौद्ध धर्मसँग सम्बन्धित बाजागाजासहित कार्यक्रम सम्पन्न भएको थियो । स्तूप निर्माणले लुम्विनी भ्रमण बर्ष २०७६ र नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन थप टेवा पुग्ने विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरन्त वज्राचार्यले बताए ।

