His Eminence Chogyal Rinpoche honored by World Book of Records

His Eminence Chogyal Rinpoche, the founder/president of Bodhisattva in Action Foundation (BIA) has been honored by World Book of Records, London. He has received this honor for his contribution towards supporting the people with disabilities in Nepal over various projects of BIA Foundation. On the occasion of receiving the honor, a program has been organized today to celebrate. Foundation officials, volunteers, journalists and well-wishers attended to congratulate to Rinpoche on this cheerful occasion.

Read More

वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनबाट छोग्याल रिन्पोचे सम्मानित

बोधिसत्व इन एक्सन (बि.आई.ए.)का संस्थापक तथा अध्यक्ष छोग्याल रिन्पोछे वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनबाट सम्मानित हुनु भएको छ । नेपालमा शारिरिक रुपमा अशक्त भएकाहरुको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका कारण उहाँलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ । बि.आई.ए.फाउण्डेसनमार्फत छोग्याल रिन्पोचेले शारिरीक रुपमा अशक्त भएकाहरुको सिप तथा अभिवृत्ति विकासमा सहयोग गर्दै आउनु भएको छ । गत मंगलबार स्थापनाको पाँचौ वार्षिकोत्सव मनाएको फाउण्डेसनले छोग्याल रिम्पोचेलाई गरिएको सम्मानको अवसरमा काठमाडौँमा एक कार्यक्रम गर्दै खुशी साटासाट गरेको छ । कार्यक्रममा रिम्पोचेलाई शुभकामना दिनका लागि बि.आई.ए.का पदाधिकारी, सञ्चारकर्मी, शुभेक्षुक सहभागि भएका थिए ।

Read More

विख्यात धर्मगुरु क्याव्जे सोग्याल रिम्पोचेको निधन

विश्वप्रसिद्ध धर्मगुरु, लेखक, साहित्यकार तथा बौद्ध दर्शनका प्रकाण्ड बिद्धान क्याब्जे सोग्यल रिम्पोछेले समाधि लिनुभएको छ । रिम्पोचेको ७२ वर्षको उमेरमा बुधबार थाइल्याण्डमा निधन भएको हो । धर्मगुरु सोग्याल रिन्पोछे १९औं शताब्दीका महान निधिपति तेर्तोन सोग्यालको निर्माणाकाय (टुल्कु) हुनुहुन्छ । महागुरु ज्याम्याङ खेन्चे छोकी लोडो, क्याब्जे दुजोम रिन्पोछे र दिल्गो खेन्चे रिन्पोछेजस्ता महासिद्धहरुबाट ज्ञान हासिल गरेपछि उहाँले लण्डनको क्याम्ब्रिज विश्वविद्यालयबाट मास्टर्स डिग्री गर्नु भएको थियो । जीवन, मृत्यु, अन्तर्भाव र पुनर्जन्मसम्बन्धी अंग्रेजी भाषामा उहाँले लेख्नुभएको पुस्तक संसारमै प्रख्यात छन् । हालसम्म दशौं लाख मानिसले पढिसकेको उक्त पुस्तक संसारका ३४ वटा भाषामा…

Read More