वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनबाट छोग्याल रिन्पोचे सम्मानित

बोधिसत्व इन एक्सन (बि.आई.ए.)का संस्थापक तथा अध्यक्ष छोग्याल रिन्पोछे वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनबाट सम्मानित हुनु भएको छ । नेपालमा शारिरिक रुपमा अशक्त भएकाहरुको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका कारण उहाँलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ । बि.आई.ए.फाउण्डेसनमार्फत छोग्याल रिन्पोचेले शारिरीक रुपमा अशक्त भएकाहरुको सिप तथा अभिवृत्ति विकासमा सहयोग गर्दै आउनु भएको छ ।

गत मंगलबार स्थापनाको पाँचौ वार्षिकोत्सव मनाएको फाउण्डेसनले छोग्याल रिम्पोचेलाई गरिएको सम्मानको अवसरमा काठमाडौँमा एक कार्यक्रम गर्दै खुशी साटासाट गरेको छ । कार्यक्रममा रिम्पोचेलाई शुभकामना दिनका लागि बि.आई.ए.का पदाधिकारी, सञ्चारकर्मी, शुभेक्षुक सहभागि भएका थिए ।

Share

Related posts

Leave a Comment