बौद्ध दर्शनको महत्व बुझेर अनुशरण गर्न लामा गुरुहरुको आग्रह

नेपाल बौद्ध संघको आयोजनामा आइतबार ललितपुरमा लामाहरुको भेला भएको छ । भेलामा संघमा आवद्ध सम्पुर्ण लामा सदस्यहरु सहभागि थिए । ललितपुरको बालकुमारी गुम्बामा भएको भेलामा धर्मदेशना तथा बौद्ध धर्म तथा संस्कारको पछिल्लो स्थितिको बारेमा छलफ गरिएको थियो । प्राचीनकालदेखि नै नेपालको मौलिक र प्रमुख धर्मको रुपमा रहँदै आएको बौद्ध धर्मले पछिल्लो समय जटिल परिस्थितिको सामना गरिरहेको विषयमा समेत भेलामा छलफल गरियो । अहिले विश्वका धेरै देशमा बौद्ध दर्शनको पालना र अनुशरण गर्नेहरुको संख्यामा बृद्धि भइरहदाँ नेपालमा भने बौद्ध दर्शनको मर्मलाई वेवास्ता गरिदै गएकोमा भेलामा सहभागि लामा गुरुहरुले चिन्ता व्यक्त गरेका…

Read More

अखिल नेपाल भिक्षु महासंघको साधारण सभा सम्पन्न

अखिल नेपाल भिक्षु महासंघको २०७६ सालको साधरणसभा आनन्द कुटि बिहारमा सम्पन्न भयो । बिहान ९ बजे सुरु भएको साधारणसभा प्रमुख अतिथि नेपालका सातौ संघनायक डा. ज्ञानपुर्णिक महास्थवीरले बुद्ध प्रतिमामा दीप प्रज्वलन गरि बुद्ध पूजा तथा दशधम्म सुत्रपाठ गर्दै सुरु भएको थियो । संघनायकले संघका सदस्यहरुलाई धर्म बिनयको पालन गरि बुद्ध धर्मको प्रचार गर्न सके समय समयमा हुने यस्ता संघ भेला सुखदायी हुने बताए । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थवीरको सभापतित्वमा सम्पन्न कार्यक्रम संघका महासचिव राहुल महास्थवीरले सञ्चालन गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष सुमेध महास्थवीरले स्वागत मन्तव्य, महासचिव…

Read More

निग्लिहवामा भाद्र पूर्णिमा उत्सव

लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमअन्तर्गत बुद्धको जीवनीसँग महत्वपूर्ण मानिएका मासिक पूर्णिमा अन्तर्गतको भाद्र पूर्णिमा उत्सव कार्यक्रम शनिबार कपिलवस्तुस्थित निग्लिहवामा मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बढाउन र लुम्बिनीको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको कार्यक्रमअन्तर्गत हरेक महीना पूर्णिमा उत्सव मनाइन्छ । लुम्बिनी भ्रमण वर्ष २०७६ को महत्वपूर्ण कार्यक्रम मासिक पूर्णिमा उत्सव कार्यक्रम कनकमुनि बुद्धको जन्मस्थलको रूपमा परिचित कपिलवस्तु नगरपालिका–६ स्थित निग्लिहवामा भाद्र पूर्णिमा उत्सव कार्यक्रम आयोजना गरिएको हो । लुम्बिनीलाई केन्द्रमा राखेर हरेक महीनाको मासिक पूर्णिमा उत्सव बुद्धसँग…

Read More

बुद्ध र दलित बालिका

एकपटक भगवान् बुद्ध भारतबाट नेपालतर्फको यात्रामा थिए । उनी भारतीय सीमाबाट हाल नेपालको सिमानामा पर्ने भूभागतर्फको यात्रामा थिए । संयोगले त्यतिखेर उनी एक्लै थिए । तराईको चर्को गर्मीले उनलाई सास फेर्न पनि कठिन हुँदै गएको थियो । उनको साथमा पानी थिएन । पानीको खोजीमा यताउता भौँतारिँदाभौतारिँदै उनले एक सात–आठ वर्षकी बालिकाले इनारबाट पानी निकालिरहेको देखे । बुद्ध हतारिँदै त्यहीँ पुगे । उनले बालिकालाई सम्बोधन गर्दै भने(-‘नानु, मलाई अलिकति पानी देऊ न । पानी पिउन नपाएर म त मर्नै लागिसकेँ ।] बालिकाले बुद्धलाई हेरिन् । बुद्धको गेरु वस्त्र र मुखमण्डलमा एक अलग्गै आभा उनले प्रस्टै महसुस गरिन् । तिर्खाएका बुद्ध दुवै हात…

Read More

रामग्राम स्तुपको अवलोकनमा उपप्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उहाँले स्थलगत अवलोकन भ्रमण गर्नुभएको हो । सो अवसरमा लुम्बिनी विकास कोषका दीपेन्द्र चौधरीले स्तुपको ऐतिहासिक महत्व तथा यहाँको विकासको अवस्था र प्रयासका विषयमा जानकारी गराउनुभएको थियो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य बैजनाथ जयसवालले भगवान् गौतमबुद्धसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण स्थल भएर पनि रामग्राम र पण्डितपुर ओझेलमा परेको भन्दै यस क्षेत्रको विकासका लागि आवश्यक पहल गरिदिन उपप्रधानमन्त्री…

Read More

बुद्ध र बुद्ध सम्बन्धी हाजिरीजवाफ

ललितपुर जिल्लाब्यापी बुद्ध र बुद्धधर्म सम्बन्धी ४७ औं हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नकबहिल बौद्ध बौद्ध परियत्ति केन्द्र पहिलो बन्यो । गत शनिबार ललितपुरस्थित यम्पि महाविहारमा भएको फाइलन प्रतियोगितामा १३ अंक सहित नकबहिल बौद्ध परयित्तिले उपाधी जित्न सफल भएको हो । बुद्धवाणीका प्रकासक सम्पादक विसन्तर शाक्य क्वीज मास्टर रहेको प्रतियोगितामा युवक बौद्ध बौद्ध मण्डल १० अंक सहित दोश्रो भयो भने ९ अंक सहित दिपंकर परियत्ति शिक्षालय तेश्रो हुन सफल भएको थियो । प्रतियोगितामा ६ अंक सहित शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालयले सान्त्वना पुरस्कार जित्न सफल भयो ।…

Read More

३ दिने धर्म देशना तथा आर्य ताराको वाङ लुङ सम्पन्न (फोटो फिचर)

नेपाल बुद्धिष्ट तामाङ सुधार समितिद्वारा आयोजित ३ दिने धर्म देशना तथा आर्य डोल्मा ताराको वाङ लुङ कार्यक्रम सोमबार सम्पन्न भयो । काठमाडौँमा आयोजित कार्यक्रममा श्रद्धेय गुरु खाङसेर रिम्पोचेले वाङ शरण गमन तथा बोधिचित्तको माध्यमबाट भक्तजनलाई आर्य डोल्मा ताराको मन्त्र जप गराई सबैमा सकरात्मक सोचद्वारा डोल्मा प्रवेश गराई दया करुणा र मैत्रीबाट सम्पुर्ण प्राणी जगतको दुःख मुक्त गराउने बुद्धको महत्वपूर्ण सन्देश प्रवाह गर्नु भएको थियो । कार्यक्रममा श्रद्धेय गुरु खांगसेर रिम्पोचे सहित धर्म प्रशिक्षक गुरू शेरब ग्याल्जेन लामा, छम्बा गुरु लामा, नेपाल बौद्ध जागरणको अध्यक्ष गुरु काईला लामा तथा विभिन्न स्थानबाट…

Read More

दलाई लामाद्वारा चार आर्य सत्य सम्बन्धी ३ दिने पूजा

श्रद्धेय गुरु दलाई लामाद्वारा भारतको धर्मशालामा तीन दिने पूजाको आयोजना भएको छ । पूजामा श्रद्धेय गुरु दलाई लामाले चार आर्य सत्य अन्तर्गतको १६ चरित्रका महत्वका बारेमा वर्णन गर्दैछन् । चार आर्य सत्यको १६ चरित्रमा डेन्पा, शी, मितक सोक चान्द्रुक लगायत हुन्छन् । लामाले बुद्धत्वका ३७ तथ्य तथा नागार्जुनको बोधिचित्तको बारेमा उल्लेख गरेको विषयलाई पनि पूजामा प्रस्तुत गर्दैछन् । पूजामा विभिन्न ६९ देशका करिब ७ हजार श्रद्धालु सहभागि भएका छन् । ६ सेप्टेम्बरदेखि सुरु भएको पूजा भोली आइतबार सम्पन्न हुँदैछ ।

Read More

बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’

निरा गौतम रुपन्देही, १५ भदौ (रासस) : गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर ! हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं । उनी हुँदा जहिले पनि ‘यो गर, यो नगर’ भन्थे तर, अब हामी जे मन लाग्यो त्यही गर्न पाउने भएका र्छौं ।” सुभद्र भिक्षुको यो वचन सुनेर सबै भिक्षुहरु छक्क परे । बुद्धको महापरिनिर्वाणपछि सद्धर्मको नाश हुने डर भयो । भिक्षु सङ्घ र समाजका लागि बुद्धले दिएको शिक्षा लोप हुने डरले विभिन्न समयमा सङ्घमार्फत बुद्ध वचनलाई एकै ठाउँमा सङ्ग्रह गर्ने…

Read More

चारुमतीमा एक महिने गुंला बुद्ध पूजा सम्पन्न

काठमाडौँको चावहिलस्थित चारुमती स्पुतमा भइरहेको एक महिने गुंला बुद्ध पूजा शनिबार सम्पन्न भएको छ । पूजा अवधिभर स्तुप परिसरमा धर्मदेशना तथा परित्राण पाठ गरिएको थियो । एक महिने बुद्ध धर्मपूजाको जिम्मा लिई जलपान र धर्मपूजामा सहयोग पुर्याउने उपासक उपासिकाहरु समेत समापन कार्यक्रममा सहभागि थिए । चारुमती स्तुपका प्रमुख भिक्षु तपस्सी धम्मले पूजा सम्पन्न भएसँगै एक महिने पूजा आयोजनामा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै बुद्धका ज्ञान तथा उपदेशलाई सबैले पालना गरेको खण्डमा विश्वमै शान्ति छाउने बताए ।

Read More