डोल्मा अर्थात तारादेवी

ཨོཾ་ཏཱ་རེ་ཏུཏྟཱ་རེ་ཏུ་རེ་སྭཱ་ཧཱ། ओं तारे तु त्ता रे तुरे स्वाहा ।। डोल्मा अर्थात् आर्य-तारा देवि महयानी बौद्ध धर्ममा अतिनै लोकप्रिय आर्य- देवी हुनुहुन्छ । धेरै ठूलो त्याग समर्पण तथा ध्यान-साधना बाट उहाँ मान्य हुनुहुन्छ । रिस आरिष घमण्ड लोभ र अज्ञानता पुर्णतः त्यागी सकेको हुनुहुन्छ । उहाँ आर्य-तारा देवी पनि एक उदाहरणीय हुनुहुन्छ अनि सबैको पुज्य हुनु पनि हुन्छ । बिशेष गरेर यी पञ्चविष ; रीस लोभ आदि त्यागेको चित्त क्रमश प्रज्ञा एवम् ज्ञान कायमा रुपान्तरण हुने हुदा स्वाभाविकरुपले यस्तो ज्ञान कायमा दया करुणा सम्मानता आदिको उदय हुन्छ यस्तो दया करुणा पनि…

Read More

बौद्ध धर्म यसरी ब्यापक र विश्वव्यापी बन्यो ?

अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आफुले बौद्ध धर्म धर्म ग्रहण गरे पछि उनले आफ्ना सबै छोरा छोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई राजकीय सम्मान प्रदान गर्ने कार्य गरे । यस बाट बुद्ध धर्मको उत्थान हुन गयो । परवर्ती कालमा हिन्दु पण्डितहरुलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरुको योगदान रहेको छ । वैदिककालमा विषेश गरि दुई प्रकारको…

Read More

गौतम बुद्धका ९ सन्देश, जुन आधुनिक युगका लागी अत्यन्तै उपयोगी छन्

आधुनिक युगसँगै हामीहरू आफूलाई पनि आधुनिक ठान्ने गर्छौँ, तर के हाम्रो सोँच, विचार अनि नैतिकताले हाम्रो आधुनिकता झल्काउँछ? छैठौँ शताब्दीमा जन्मेर पनि बुद्धले आधुनिकतालाई चिनेका थिए, मानिसको जीवनको अर्थ र मूल्यलाई बुझेका थिए। हो, उनी राजदरबारमा जन्मिए, उनले चाहेको भए आफ्नो सारा जीवन राजविलासको भोगमा बिताउन सक्थे। तर उनले त्यसो गरेनन्, सुखै सुखमा बाँच्न पाउने मौकालाई त्यागेर उनले दुःखको पहिचान गर्न दरबार छाडे। कति हण्डर खाए, कति पीडा सहे अनि बल्ल उनले संसारको रितीलाई बुझे, दुःख र दुखाईलाई नजिकैबाट नियाले अनि एउटै ठाउँमा पनि मानिसको विचार र शैलीको भिन्नतालाई महशुस…

Read More

सोलुको सल्लेरीमा विश्व शान्तिको कामना गर्दै जिन्सेग पूजा सम्पन्न (फोटो फिचर)

हाल विश्वमा फैलिरहेको महामारी कोभिड १९ को प्रकोपबाट बच्ने कामना सहित विभिन्न दैवीप्रकोप, हिंशा लगायतबाट मुक्ति पाउन शक्ति मिलोस् भनेर विशेष पूजाआजा गरिएको छ । सोलुखुम्बुको सोलु दुधकण्ड नगरपालिकामा आयोजित कोन्छोग चिदु रत्न समूच्छ्यको पूजा र जिन्सेग होम पूजा परम पुजनीय धर्मगुरु पेमा थर्छिन रिन्पोछे ज्यूको प्रमुख आतिथ्यतामा बौद्ध धर्म र संस्कार अनुसार गरिएको थियो । पूजामा नगरबासीको ठूलो सहभागिता रहेको थियो ।     फोटो सौजन्यः ल्हाक्पा शेर्पा भिजे

Read More

को थिए संघमित्रा थेरी र राजकुमारी चारुमती ? बौद्ध धर्ममा कस्तो थियो दुवैको योगदान ?

मौर्य साम्राज्यका संस्थापक चक्रवती चन्द्रगुप्ता मौर्यका नाति र मौर्य वंशका तेस्रो चक्रवती सम्राट असोक महानका दुई पुत्रीहरु थिए–संघमित्रा र चारुमती । रानी वेदिस महादेबी शाक्य कुमारीबाट संघमित्रा र रानी असंधिमित्रको पुत्री चरुमती थिइन् । वेदिस महादेबीलाई नै देबि या शाक्यानी नामले उल्लेख गरेको पाइन्छ । संघमित्रा भिख्खुणी बनेर बोधीवृक्षको शाखा लिएर धम्म प्रचारका लागी श्रीलंका गइन् र श्रीलंकामा भिक्खुणी संघको स्थापना गरिन् । संघमित्राद्वारा लगिएको बोधीवृक्ष मानबद्वारा रोपिएको सबैभन्दा पुरानो वृक्ष हो, जुन आजपनी श्रीलंकामा बिद्यमान छ । पाली बौद्ध ग्रन्थ महावंशमा चारुमतीको उल्लेख रानी असंधिमित्रका पुत्रीको रूपमा भेट्टाइन्छ ।…

Read More

तेङबोचे गुम्बाका रिन्पोचे ङावाङ तेञ्जिङ साङपोको निधन

तेङबोचे गुम्बाका रिन्पोचे ङावाङ तेञ्जिङ साङपोको परिनिर्वाण भएको छ । असोज २४ गते विहान १२ः०० रिम्पोचे साङपोको परिनिर्वाण (निधन) भएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ मा रहेको गुम्बाका प्रमुख समेत रहेका रिन्पोचे बौद्ध धर्मलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्दै खुम्बु क्षेत्रको पूर्वाधार विकास, सामाजिक आर्थिक विकास तथा वातावरण संरक्षणमा समेत अग्रणी भूमिका निर्वाह गरेको खुम्बुपासाङल्हमु गाउँपालिकाका कार्यावाहक अध्यक्ष टासी ल्हमु शेर्पाले बताए । प्राणी जगतका रक्षक तथा शान्तिका नायक धर्मगुरु रिन्पोछेको परिनिर्वाण प्रति खुम्बु पासाङल्हमु गाउँपालिकाले शोक वक्तव्य जारी गरेको छ । विज्ञप्तिमा साङपोको शिघ्र पुनर्आगनको कामना समेत…

Read More

बौद्ध धर्मका त्रिरत्न र यसको महत्व

बौद्ध धर्ममा त्रिरत्नको खास महत्वपुर्ण अंग हो । बौद्ध धर्म नै त्रिरत्नमा आधारित रहेको छ । त्रिरत्न भन्नाले बुद्ध, धम्म र संघलाई बुझिन्छ । गौतम बुद्धले बुद्धत्व प्राप्ति गरे यता नै आफुले प्राप्त गरेको ज्ञानको प्रवद्र्धन गर्ने क्रममा बुद्ध, धम्म(धर्म) र संघ पनि त्रिरत्नको रुपमा विकसित भएको हो । बुद्ध करिब २७ सय वर्ष अगाडि हालको नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म भएको हो । बुद्ध भन्नाले अनन्त ज्ञानी र आफ्नै प्रयासले बुद्धत्व प्राप्त गरी संसारको कल्याणमा समर्पित भन्ने बुझिन्छ । धम्म(धर्म) बौद्ध धर्मको शिक्षालाई धम्म अर्थात् धर्म भनिन्छ । बौद्ध…

Read More

काठमाडौँका बौद्ध विहारका पुरातात्विक पृष्ठभूमि

लेखक स्व. पं. हेमराज शाक्य बुद्ध महापरिनिर्वाण हुनु भएको २०० वर्ष पछि सम्राट अशोकको तिर्थ यात्राको क्रममा नेपालका किराती राजा स्थुङ्कोको पर्याय आफ्ना गुरु उपगुप्त भिक्षु, महारानी तिष्यरक्षिता तथा पुत्री चारुमती आदि सहित नेपाल भ्रमण गरी बुद्ध धर्म प्रचार गरे। यसको ज्वलन्त साक्षीका रुपमा पाटनको चार दिशामा अवस्थित चतुर स्तूप विद्यमान छन्। त्यस्तै ग्वलः स्थित चारुमति विहार स्थापना गरिएको पनि त्यसको उदाहरण हुन्। हुन त पौराणिक काल तथा अनुश्रुति कालको दृष्टिकोणबाट मात्र पनि वर्णन गर्दा आजभोलिको वैज्ञानिक युगलाई नसुहाउँदो हुन सक्छ। तर पुरातात्विक साधनको प्रमाण स्वरुप प्राचीन अभिलेखहरुलाई अगाडि सार्ने…

Read More

नेपालमा जन्मिएका गौतम बुद्ध बाहेकका अन्य २ बुद्ध

नेपाल प्राचीन समयदेखि नै बौद्धधर्म, शिक्षा, संस्कृति र सभ्यताको केन्द्रको रुपमा रहेको छ । नेपालका विभिन्न स्थानहरुमा बौद्धमार्गीको पवित्र एवं प्रसिद्ध ऐतिहासिक तीर्थस्थलहरु रही आएका छन् । प्रचलित बौद्ध मत तथा केही वंशवालीहरुमा शाक्यमुनि गौतम बुद्ध अगाडिका महा मानव बुद्धहरु विपश्वी बुद्ध, शिखी बुद्ध, विश्वम्भु बुद्ध र क्रकुछन्द बुद्ध आदिसँग स्वयम्भूनाथको प्रसंग जोडिएको पाइन्छ । प्रथम महामानव बुद्ध विपश्वीले नागदहमा एक कमलको वीज रोपे र सो बीजबाट कमलको फूल उत्पन्न भएर त्यही स्वयम्भू अवतरित भए । त्यही स्वयम्भू महाचैत्याको निर्माण भएको स्वयम्भु पुराणको कथनमा पाइन्छ । १) ककुसन्ध बुद्ध ककुसन्ध…

Read More

तलेजु मन्दिरमा यस वर्षको दशैमा पशुवलि नदिइने

भक्तपुरको तलेजु भवानीको मन्दिरमा यस वर्ष कुनै पनि बलि नदिइने भएको छ । मन्दिरमा बडादशैंको पूजा समेत औपचारिक रुपमा मात्र सीमित हुनेछ । मन्दिरभित्र विधिपूर्वक पूजा गर्नको लागि पुजारीले मात्र प्रवेश पाउनेछन् । अन्य सबैलाई प्रवेश निषेध गरिएको छ । श्रद्धालुले बाहिरैबाट पूजा आराधना गर्न गर्न सक्नेछन् तर त्यसमा पनि निर्धारित स्वास्थ्य मापदण्ड र दूरीको मापदण्ड पूरा गर्नुपर्नेछ । तलेजु भवानी मन्दिर दशैंमा धेरै बलि दिइने मन्दिरमध्येको एक हो । ‘यहाँ हरेक वर्ष गुठी संस्थानले मात्र ६० वटा बोका, ३१ वटा राँगा र ३० वटा हाँस बलिको लागि दिने गर्छ’…

Read More