तनाव र चिन्ताबाट कसरी मुक्त हुने ? जुमबाट प्रवचन दिदै छोग्याल रिन्पोछे

बौद्ध धर्म र दर्शनमा थुप्रै जीवनपयोगी ज्ञानहरु रहेका छन् । यस धर्मभित्र रहेका वैज्ञानिक र व्यवहारिक ज्ञानकै कारण अहिले विश्वभर नै बौद्ध धर्मका अनुयायीहरु बढ्दै गइरहेका छन् । गौतम बुद्धले दिनुभएका अनेकौ ज्ञानहरु हाम्रो जीवनका लागी एकदमै महत्वपुर्ण रहेका छन् । बौद्ध धर्मभित्र तनाव, चिन्ता, त्रास लगायतबाट कसरी बच्ने भन्ने अनेकौ विधिहरु रहेका छन् । आज विश्वमा नै तनाव र चिन्ताबाट छुटकारा पाउन बौद्ध धर्मभित्र रहेका ज्ञानहरुको अवलम्वन गर्ने गरेका छन् । हिमाली बौद्ध परम्पराका धर्मगुरु छोग्याल रिन्पोछेले पनि समय समयमा प्रवचन तथा जीवनपयोगी ज्ञानहरु बाँढ्दै आउनु भएको छ ।…

Read More

भगवान बुद्ध र सारीपुत्रको अन्तिम भेट

भगवान बुद्ध श्रावस्तीको जेतबन बिहारको गन्धकुटीमा बिहार गर्नुहुन्थ्यो । पाँचसय भिक्षुहरुलाई साथमा लिएर सारिपुत्र त्यहाँ पुगे । तथागतलाई अभिबादन गरेर सारीपुत्रले निवेदन गरे कि अब मेरो अन्तिम समय धेरै समीप आइसकेको छ । के तथागत अब मलाई शरीर त्याग्ने अनुमती दिनुहुन्छ ? भगवान बुद्धले सारीपुत्रलाई सोध्नुभयो:-“के तिमीले आफ्नो परिनिर्वाणका लागी कुनै स्थान विशेष छानेको छौ ?” सारीपुत्रले जवाफ दिए:-“म मगधको नालक नामक गाउँमा जन्मिएको हुँ । जुन घरमा जन्मिएको थिए त्यो अहिले पनि छ । मैले त्यसै घरलाई छानेको छु ।” तथागतले भन्नुभयो:-“प्रीय सारीपुत्र ! जे राम्रो लाग्छ त्यो गर…

Read More

परित्राण पाठ के हो र यो किन गरिन्छ ?

बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गर्नु भएको केही सुत्रहरुको पाठ परित्राण पाठ हो । परित्राण पाठ (सुत्र) बिश्व भरिका बौद्ध भिक्षुहरुले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो । यो अभ्यास विशेष गरि पाली भाषा प्रयोग गर्ने थेरवादी बुद्धिष्ट मुलुकहरूमा बढी प्रचलन छ । यो पाठ स्वयम् तथागत गौतम बुद्धले विभिन्न समय, विभिन्न अवस्थामा पाठ गर्नु भएको थियो । परित्राण पाठमा गरिने पाठ (सुत्रहरु मध्ये अधिकाश सुत्रहरु बुद्धका आधारभूत उपदेश (शिक्षाहरु) हरुबाट छानी–छानी लिइएको छ । यो परित्राण पाठ जन्म दिन, घरमा स्वस्थ शान्ति,…

Read More

बौद्ध दर्शन र विज्ञानको सम्बन्ध, यथार्थसँग कति नजिक ?

सूर्य लोप्चन तामाङ गौतम बुद्धको आफ्नो सिद्धान्त अनुसार धर्मबारे परिभाषा यसरी गरिएको छ – धर्म भनेको समाउनु हो तर के समाउनु भन्दा दुःख र कष्टमा परेका प्राणीहरुलाई मद्धत वा समाएर यथार्थ कुनै उत्तम उपायद्वारा उद्धार गर्नु हो । यसबारे महान गुरु डुक्पा रिन्पोछे भन्नु हुन्छ कि महायानी बौद्ध सिद्धान्तले सबै प्राणीलाई दुःख कष्टबाट कुनै सही र उत्तम उपायद्वारा उद्धार गरी निर्वाणको क्षेत्रमा र्पुयाउन, नराम्रो र दुःखपूर्ण जन्मबाट मुक्ति दिलाउन गरिने महान उपायलाई नै सही धर्म मानिन्छ । अहिले विश्वमा विज्ञानका नयाँ नयाँ अविस्कारले निकै चमत्कार गरिरहेका छन् । जल, स्थल…

Read More

तिलोत्तमा राष्ट्रिय बौद्ध सम्मेलन स्थगित

अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय विहारले गर्न लागेको तिलोत्तमा राष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको छ । कोरोना संक्रमणको प्रकोप अत्याधिक मात्रामा बढ्दै गएपछि सम्मेलन स्थगित गरिएको हो । यस बर्ष २०७८ सालको २५६५ बुद्ध सम्बत तथा २६४४ औं बुद्ध जन्म जयन्तीको अवसरमा सम्मेलन गरिन लागिएको थियो । पछिल्लो परिस्थितिलाई मध्यनजर राख्दै सम्मेलन स्थगित गरिएको सम्मेलनका संयोजक भिक्षु ज्ञानेन्द्रले विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको छ ।

Read More

बुद्धिष्ट हुन के गर्नु पर्छ ?

लोक बहादुर शाक्य बुद्ध धर्म भनेको प्रकृतिको नियम भित्र रहेको अति सरल धर्म हो । यसमा बलपुर्वक बनाईराखेको नियम छैन । बुद्ध धर्म पालना गरेर हामीलाई कुनै नोक्सानी हुँदैन । बुद्ध धर्म प्राकृतिक, मानसिक र बैज्ञानिक धर्म हो । यस धर्म बाट हामी लाई बोध गर्ने यहि हो कि हरक्षण आफ्नो कर्म राम्रो पारिराख्नु पर्दछ । यसको लागि बुद्धधर्मको मूल आधार पञ्चशिल पालना गरेर कर्म राम्रो गर्ने पहिलो पाइला हो । बुद्धले ब्राह्मणवादको विरोध गरे, तर संघमा ब्राह्मणहरूलाई नै उच्च स्थान दिए । ती होनहार ब्राह्मणहरूको प्रवेश नभएको भए बुद्ध…

Read More

शेर्पा सेवा केन्द्रमा यसवर्षको बुद्ध जयन्ती कार्यक्रम स्थागित

काठमाडौँको बौद्ध टुसालस्थित शेर्पा सेवा केन्द्रमा आयोजना गरिने भनिएको यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम स्थगित भएको छ । नेपालमा दोस्रो लहरको कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि सरकारले सरकारले लकडाउन गरेर सभासमारोह र ठूला कार्यक्रम नगर्न अनुरोध गरेपछि कार्यक्रम स्थगित गरिएको बुद्ध जयन्ती मूल आयोजक समितिका अध्यक्ष आङ दामी शेर्पाले बताउनु भयो । यस वर्षको २५६५ औँ बुद्ध जयन्तीको अवसरमा शेर्पा सेवा केन्द्रमा जेठ ८ गते विशेष कार्यक्रम गर्ने योजना बुद्ध जयन्ती मूल आयोजक समितिको योजना रहेको थियो । विज्ञप्ति जारी गर्दै आयोजक समितिका महासचिव आङ पेम्बा शेर्पाले यस वर्षको…

Read More

बौद्ध धर्ममा नेपालको रैथानेपन

बाह्रौं शताब्दीको अन्त्यतिर नेपालको बौद्ध सम्प्रदायमा परिवर्तन आयो र भिक्षु जीवनको अन्त्य हुँदै गयो। रैथाने वज्रयानकै माध्यमबाट प्राचीन नेपालमण्डलभित्र बौद्ध धर्म सुरक्षित रहन सक्यो। प्रथम बौद्ध महासांघिक भएकै समय बौद्ध धर्ममा हीनयान र महायानीका रूपमा दुई सम्प्रदायको विकास भइसकेको थियो । त्यसमा पनि अठार उपसम्प्रदायको अस्तित्व देखिइसकेको थियो । पछि आएर महायानको भिन्न सम्प्रदायका रूपमा तान्त्रिक प्रभावमा वज्रयान पनि देखिन थाल्यो । श्रीलंका, म्यानमार, थाइल्यान्डतिर थेरवादले पकड जमाउँदै लग्यो भने जापान, कोरिया, चीन, भियतनाम, भुटान, तिब्बतलगायतमा महायानी धर्मले व्यापकता पायो । कुनै समय अफगानिस्तानको गान्धार, पाकिस्तानको तक्षशिला, कश्मीरदेखि पूर्वी भारतका बंगाल र मध्यप्रदेश, ओडिसासम्म…

Read More

आचार्य पद्मसम्भव (गुरु रिन्पोछे) लाई चिनौ नजिकबाट, संक्षिप्त जानकारी

१. पृष्ठभूमि वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको थियो । उहाँलाई ओडियानका राजा इन्द्रभूतिले पालनपोषण गर्नुभएको मानिन्छ । उहाँलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा तिब्बत र हिमाली क्षेत्रका समस्त बुद्ध अनुयायीहरूले गुरु रिन्पोछेको नामले पुकारिन्छ । करिब आठौँ शताब्दीतिर तिब्बतका राज ठ्रिसोङ देहु चेनको निमन्त्रणामा नेपालको मार्ग हुँदै तिब्बतमा बौद्ध धर्मको रक्षा एवं प्रचार प्रसार गर्न पाल्नु हुँदा नेपालमा पनि उहाँले बौद्ध धर्मको व्यापक रूपमा प्रचार प्रसार गर्नुभएको थियो । तिब्बतमा उहाँले मन्त्रद्वारा भूत, प्रेत,…

Read More

The mountain Yogi मिला रेपा : विशेष जानकारी

सांगे लेग्देन गुरुङ (भूपेन) (1052 ई. – 1135 ई.) तिर हिमालय क्षेत्रको सबैभन्दा प्रसिद्ध योगि तथा कवि मध्ये एक हुनुहुन्थ्यो । मिला रेपा, मिला उहाको पूर्वजले पाएको उपाधि हो । उहाँको पुर्वज जोसे , एकदमै रिद्धिसिद्धि प्रात लामा हुनुहुन्थ्यो उहालाई लोकले दिएको सम्माननै उहाको वंशको प्रायःजसोलाई मिला भनिन्थ्यो । पिता मिला शेराप ग्याल्छेन अर्थात प्रज्ञाध्वज ) माता कर्मो ग्येन अर्थात श्वेत रत्नाको कोख बाट जन्मदिनु भएको थियोे मिला रेपा । उहाँको जिजु बाजेहरु ञिङमापा परम्पराको लामा हुनुहुन्थ्यो भने उहाको बाजे मिला दोर्जे सेङ्गे र उहाको पिता चाहिँ प्रख्यात ब्यापारी हुनुहुन्थ्यो ।…

Read More