नेपाल बौद्ध संघको आयोजनामा ४ दिने अवलोकेश्वर ञ्युङनी व्रत ध्यान शिविर सम्पन्न भएको छ । संघले ललितपुरको सिद्धि ईन्द्र स्मृति कोष गुम्बा, बालकुमारीमा उक्त पूजा गरेको हो ।

४ दिने पूजाकाु सहभागिहरुले शील ग्रहण, मौन व्रत, प्रवचन सुन्ने र छोक पूजा गरेका थिए । सागा दावाका पूण्य अवसरमा आयोजित पूजा तथा ध्यान शिविरमा ८ जिल्लाका १८ गुम्बाका करिब एक सय लामा, आनी तथा उपासक–उपासिकाहरु सहभागि थिए ।

