सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ अवस्थित थेक्छेन साङगालिङ गुम्बामा भईरहेको १४ औं बज्रगुरु पूजा सम्पन्न भएको छ । भारतको महिसुर गुम्बाबाट आउनुभएका शरणनायक परमपूज्यनीय घ्याङखाङ रिन्पोछले छेवाङ (आयुअभिषेक) अर्पण गरेपछि ९ दिनदेखि जारी बज्रगुरु समापन गरिएको हो ।
तेङबोचे गुम्बाका शरणनायक अवतारी ङवाङ तेन्जिङ जाङपो रिन्पोछे र तोलका टुल्कु ङवाङ लोजाङ रिन्पोछेले बज्रगुरु पूजाको सुरुवात गरेपछि झ्याम्पाल ओङपो रिन्पोछे, टुल्कु स्याङटाक रिन्पोछे लगायत खेन्पो, लोपेन र लामाहरुले बज्रगुरु मन्त्र जप गर्नुभएको थियो ।
२०५७ सालमा निर्माण भएको थेक्छेन साङगालिङ गुम्बामा पहिलो पटक बज्रगुरु पूजा आयोजना गर्न पाउँदा अत्यन्तै भाग्यमानी अनुभूति भएको बज्रगुरु पूजा मूल आयोजक समितिका अध्यक्ष आङ काजी शेर्पाले बताउनुभयो । पूजा अवधिमा करिब २० हजार जनाले दर्शन गरेको समितिका सचिव कुसाङ शेर्पाले जानकारी दिनुभयो । योहो खबरबाट