३० कार्तिक,लुम्बिनी: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो समय आयोजना गरिएका तीन ठूला अन्तर्राष्ट्रिय बौद्ध धार्मिक कार्यक्रमले धार्मिक तथा आध्यात्मिक गतिविधि बढाएका छन् । आठौँ विश्वशान्ति मोन्लम प्रार्थना, तक्लुङ काग्यु राष्ट्रिय महाप्रार्थना महोत्सव र दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रमले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध समुदायको साझा धार्मिक गन्तव्यका रूपमा पुनः चर्चामा ल्याएका छन् । यी कार्यक्रममा विभिन्न देशका भिक्षु, भिक्षुणी, धर्मगुरु तथा श्रद्धालुहरूको सहभागिता रहेको छ । नेपालका भिक्षुणीहरूले आयोजना गरेको आठौँ विश्वशान्ति मोन्लम प्रार्थना लुम्बिनीमा सम्पन्न भएको महत्त्वपूर्ण धार्मिक कार्यक्रममध्ये एक हो । कार्यक्रममा महायान बौद्ध परम्पराअनुसार विश्वशान्ति, मानव कल्याण र…
Read MoreDay: November 16, 2026
अरुणाचल प्रदेशको गोल्डेन प्यागोडामा बुद्धका पवित्र अवशेषको दर्शन
३० कार्तिक, काठमाडौं भारतको अरुणाचल प्रदेशस्थित नामसाईको गोल्डेन प्यागोडामा भगवान् गौतम बुद्धका पवित्र अवशेष सार्वजनिक दर्शनका लागि राखिएको छ । नोभेम्बर १४ देखि २० सम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न स्थानबाट आएका श्रद्धालुहरूले अवलोकन तथा दर्शन गरिरहेका छन् । यसअघि अरुणाचल प्रदेशकै तवाङ र बोम्डिलामा बुद्धका पवित्र अवशेषको दर्शन कार्यक्रम आयोजना गरिएको थियो । ती कार्यक्रममा ६६ हजारभन्दा बढी श्रद्धालुले सहभागिता जनाएका थिए । बोम्डिलास्थित थुबछोग गात्सेलिङ गुम्बामा नोभेम्बर ८ देखि १३ सम्म सञ्चालन भएको दर्शन कार्यक्रममा मात्रै ३५ हजारभन्दा बढी श्रद्धालु सहभागी भएका थिए । अरुणाचल प्रदेशका विभिन्न स्थानमा आयोजना…
Read Moreअन्तर्राष्ट्रिय सहिष्णुता दिवस : बुद्धको शिक्षामा शान्ति र सद्भावको सन्देश
३० कार्तिक, काठमाडौं: अन्तर्राष्ट्रिय सहिष्णुता दिवस विश्वभर विभिन्न धर्म, संस्कृति, भाषा, विचार र समुदायबीच आपसी सम्मान, सहअस्तित्व तथा समझदारी प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । यस अवसरमा भगवान् गौतम बुद्धका शान्ति, करुणा, मैत्री र सहिष्णुतासम्बन्धी शिक्षाको सान्दर्भिकता थप महत्त्वपूर्ण देखिएको छ । विविधताबीच एकता कायम गर्न र सामाजिक सद्भाव प्रवर्द्धन गर्न बुद्धका उपदेशले महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्छन् । बुद्धले मानिसलाई अरूको विचार, व्यवहार र कमजोरीप्रति तत्काल प्रतिक्रिया जनाउनुभन्दा धैर्यपूर्वक बुझ्न र विवेकपूर्ण व्यवहार गर्न सिकाउनुभएको छ । उहाँका अनुसार क्रोध, घृणा, अहंकार र पूर्वाग्रहले मानिसबीच दूरी बढाउँछन् भने मैत्री,…
Read More