अरुणाचल प्रदेशको गोल्डेन प्यागोडामा बुद्धका पवित्र अवशेषको दर्शन

३० कार्तिक, काठमाडौं भारतको अरुणाचल प्रदेशस्थित नामसाईको गोल्डेन प्यागोडामा भगवान् गौतम बुद्धका पवित्र अवशेष सार्वजनिक दर्शनका लागि राखिएको छ । नोभेम्बर १४ देखि २० सम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न स्थानबाट आएका श्रद्धालुहरूले अवलोकन तथा दर्शन गरिरहेका छन् ।

यसअघि अरुणाचल प्रदेशकै तवाङ र बोम्डिलामा बुद्धका पवित्र अवशेषको दर्शन कार्यक्रम आयोजना गरिएको थियो । ती कार्यक्रममा ६६ हजारभन्दा बढी श्रद्धालुले सहभागिता जनाएका थिए ।

बोम्डिलास्थित थुबछोग गात्सेलिङ गुम्बामा नोभेम्बर ८ देखि १३ सम्म सञ्चालन भएको दर्शन कार्यक्रममा मात्रै ३५ हजारभन्दा बढी श्रद्धालु सहभागी भएका थिए ।

अरुणाचल प्रदेशका विभिन्न स्थानमा आयोजना भइरहेका यी कार्यक्रममार्फत श्रद्धालुहरूले भगवान् बुद्धका पवित्र अवशेषको दर्शन गर्ने अवसर पाएका छन् । नामसाईको गोल्डेन प्यागोडामा जारी कार्यक्रम नोभेम्बर २० सम्म सञ्चालन हुनेछ ।

Share

Related posts

Leave a Comment