भारतको जयगाउँमा अविकृता वज्र रिन्पोछेको ऐतिहासिक गद्दीआरोहण

२७ कार्तिक: भारतको पश्चिम बङ्गालस्थित जयगाउँमा बौद्ध धर्मगुरु अविकृता वज्र रिन्पोछेलाई ४४औँ शाक्य त्रिजिनका रूपमा औपचारिक गद्दीआरोहण गराइएको छ। तिब्बती बौद्ध धर्मको महत्वपूर्ण परम्परामध्ये एक शाक्य सम्प्रदायका लागि यसलाई ऐतिहासिक धार्मिक घटनाका रूपमा हेरिएको छ। गद्दीआरोहण समारोहमा विभिन्न बौद्ध धर्मगुरु, भिक्षु, लामा, धार्मिक विद्वान् तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो। अविकृता वज्र रिन्पोछेको गद्दीआरोहण शाक्य फुन्छोक फोड्राङ परम्पराका लागि विशेष महत्वको मानिएको छ। उहाँ यस परम्पराबाट निर्वासनमा शाक्य त्रिजिनका रूपमा औपचारिक गद्दीआरोहण हुने पहिलो धर्मगुरु भएको बताइएको छ। यस घटनाले तिब्बती बौद्ध धर्मको परम्परागत धार्मिक नेतृत्व, गुरु–शिष्य सम्बन्ध र आध्यात्मिक उत्तराधिकारको…

Read More

विश्व शान्तिको कामनासहित ह्वाइट गुम्बामा दीप प्रज्वलन, १० देशका बौद्ध धर्मगुरु सहभागी

२७ कार्तिक, काठमाडौं: काठमाडौंको नागार्जुनस्थित ह्वाइट गुम्बामा विश्व शान्ति, मानव कल्याण र दिवंगत आत्माको चिरशान्तिको कामनासहित दीप प्रज्वलन तथा सामूहिक प्रार्थना गरिएको छ । ११औँ वार्षिक ड्रुक्पा काउन्सिलमा सहभागी विभिन्न देशका बौद्ध धर्मगुरु, ‘कुङ्फु नन’का रूपमा परिचित ड्रुक्पा भिक्षुणी तथा अन्य सहभागीहरूले एकसाथ दीप प्रज्वलन गर्दै शान्तिको सन्देश प्रवाह गरेका हुन् । नोभेम्बर १३ देखि १७ सम्म पाँच दिन सञ्चालन हुने सम्मेलनमा भियतनाम, मलेसिया, सिंगापुर, ताइवान, इन्डोनेसिया, हङकङलगायत १० देशका बौद्ध धर्मगुरु तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ । सम्मेलनले बौद्ध दर्शन, आध्यात्मिक अभ्यास, धार्मिक एकता र विश्व शान्तिको प्रवर्द्धनमा जोड…

Read More