सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको छ । मन्त्रालयकाे सूचनाअनुसार भोलि सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था बन्द हुने भएका छन् ।
Read MoreMonth: March 2022
चोरी भएर अमेरिका पु¥याइएको बुद्ध मूर्ति नेपाल ल्याइयो
विभिन्न समयमा चोरी भएर अमेरिका पुगेका मूर्ति र टुँडाल नेपाल फर्काइएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेको टुँडाल र अर्को एउटा काष्ठकलासँगै न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति नेपाल ल्याइएको हो । सोमबार काठमाडौं ल्याइएको उक्त मूर्तिलाई पुरातत्व विभागले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको छ । पुरातत्व विभागकी सूचना अधिकारी शुभद्रा भट्टराईले अमेरिकाबाट ल्याइएको एउटा बुद्धको मूर्ति, यम्पी महाविहार ललितपुरबाट चोरिएको एउटा तोरण र एउटा झ्यालको मुनि राखिने गन्धर्व आकृतिको काष्ठकला नेपाल फर्काइएको जानकारी दिइन् । रुविन म्युजियमकै पदाधिकारीले बुधबार नै नेपालको पुरातत्व विभागलाई यी सम्पदा…
Read More