यथाभुतखेमिन्द
१• महोसधा (महन्त+ओसध) को भवमा माताको गर्भ बाट जन्म लिने बित्तिकै “आमा छोराको हातमा भएको मूल देव औषधि लाई लिइ बक्सियोस” भनेर जन्मने साथ बोधिसत्वले यस वाक्य बोल्नु भएको थियो।
२• वेस्सन्तराको भवमा माताको गर्भ बाट जन्म लिने बित्तिकै “आमा म दान गर्न चाहन्छु छोरालाई दान गर्ने असर्फी रजत दिनु होस्” भनेर जन्मने साथ बोधिसत्वले यस वाक्य बोल्नु भएको थियो।
३• सिद्धार्थ कुमारको भवमा माताको गर्भबाट जन्म लिने बित्तिकै उत्तर दिशा तर्फ सम्मुख गरि सात पाइला चरण पद पूर्ण चाल्नु भयो र अडिएर….
“#अग्गोहमस्मिलोकस्स” = म यस मनुष्य, देव, ब्रह्मा भन्ने तीनै प्रकारका लोकमा भएका व्यक्तिहरु मध्ये सर्ब अग्र उच्च व्यक्ति हो।
“#जेट्ठोवमस्मिलोकस्स” = म यस मनुष्य, देव, ब्रह्मा भन्ने तीनै प्रकारका लोकमा भएका व्यक्तिहरु मध्ये सर्ब जेष्ठ (सबै भन्दा जेठो) अधिप व्यक्ति हो।
“#सेट्ठोहमस्मिलोकस्स” = म यस मनुष्य, देव, ब्रह्मा भन्ने तीनै प्रकारका लोकमा भएका व्यक्तिहरु मध्ये सर्ब श्रेष्ठ उत्तम व्यक्ति हो।
“#अयमन्तिमाजात” = अहिले को यो भवनै माताको गर्भ मा अन्तिम प्रतिसन्धि धारण प्रवेश गर्नु नै यहि मेरो अन्तिम गर्भ धारण गर्ने प्रतिसन्धि हो।
“#नत्थिदानिपुनब्भवो” = अब मेरो अर्को पुनर्जन्म भन्ने नयाँ प्रतिसन्धि बनाउने भवहरु छैनन् भनेर जन्मने साथ बोधिसत्व ले यस वाक्य बोलेर भन्नु भएको थियो।
मैत्री पूर्वक…
यथाभुतखेमिन्द
बाट-
अनुवाद – बिष्णु धनञ्जय

