तीन महिने आधारभुत बौद्ध धर्मदेशना हुँदै

थाङ्कर देचेन चोलिङ गुम्बाद्वारा प्रायोजनमा तीन महिने आधारभुत बौद्ध धर्म देशना हुने भएको छ । धर्मदेशनामा शिक्षक तथा प्रशिक्षकको रुपमा श्रद्धेय खंग्सेर रिन्पोछे, श्रद्धेय तेन्जिन छोपेन ल्हारम्पा –अमिन) र श्रद्धेय ल्हुन्दुप सोपा शेर्पा रहनु भएको छ ।

यही जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर हुने कार्यक्रम प्रत्येक महिनाको ४ दिन शनिवार हुनेछ । जम्मा १२ दिन हुने धर्मदेशनाको ९ दिन जुमबाट र बाँकी ३ दिन काठमाडौँको स्वयम्भूमा रहेको थाङ्कर देचेन चोलिङ्ग गुम्बामा कक्षा हुनेछ ।

बौद्ध धर्मदेशनामा बुद्ध धर्मको परिचय र इतिहास, चार आर्य सत्य, त्रिशरण गमन लगायतको शिक्षा दिइनेछ ।

कार्यक्रम विहान ८ः३० देखि सुरु भएर ९ः३० मा समापन हुनेछ । धर्मदेशनामा सहभागिलाई प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ । १२ दिनसम्म चल्ने कक्षामा कम्तिमा ९ दिनसम्म सहभागि हुनेलाई मात्रै प्रमाणपत्र दिइनेछ ।

फर्म भर्न यहाँ क्लिक गर्नुस्

Share

Related posts

Leave a Comment