हेलम्बु क्षेत्रमा भूकम्पले क्षति पुर्याएको गुम्बाहरुको अवस्था बुझ्दै छोग्याल रिन्पोछे

भूकम्पले क्षति पुगेका सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रका गुम्बाहरुको अवलोकनमा नेपाल बौद्ध संघमार्फत् छोग्याल रिन्पोछे सहितको टोली त्यस क्षेत्र पुगेर आएको छ । अनुगमन र निरीक्षणका क्रममा हेलम्बु गाउँपालिकाको वार्ड १ र ५ मा रहेका ५ वटा गुम्बको अनुगमन गरिएको नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामाले जानकारी दिए । बाँकी गुम्बाहरुको निरीक्षण चाँडै गरिने लामाले बताए ।

हेलम्बु क्षेत्रमा रहेका विभिन्न गुम्बाहरुमध्ये ३९ वटा गुम्बाको अवस्था भूकम्पले क्षति पुर्याएपछि अहिलेसम्म उस्तै रहेको पाइएको छ । सरकारी तथा विभिन्न निकायहरुबाट सहयोग पाएका बाहेक यहाँ रहेका गुम्बाहरु अहिले पनि जिर्ण अवस्थामै रहेको संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए ।

संघले ७ वर्षे गुरुयोजना अनुसार हेलम्बु क्षेत्रका भूकम्पले क्षति पुगेका गुम्बाहरुलाई पुननिर्माण गर्ने तयारी गरिरहेको छ । गुम्बा निर्माण बाहेक यस क्षेत्रमा रहेका लामाहरुलाई बौद्ध शिक्षाबाट अझै परिस्कृत गर्ने र स्थानीय बौद्ध धर्मावलम्वीहरुलाई बुद्ध शिक्षा सम्बन्धी विविध शिक्षा प्रदान गर्ने उद्देश्य पनि संघले लिएको छ ।

Share

Related posts

Leave a Comment