कैयौं शताब्दी देखि (१९/२०) औं शताब्दीसम्मका केही परिवर्तनमा देखा परेका पश्चिमी धर्म अनुसरण गर्दै आएका अफ्रिकनहरू धार्मिक, राजनीतिक तथा विविध विषयमा विभेदीकरणमा परेका कालाजति अहिलेको समयमा पुर्वीय धर्म अनुसरण गर्नु थालेका छन् । पुर्वीय धर्म भित्रपनि बौद्ध धर्ममा उनीहरुको धेरै अभिरुचि रहेको देखिन्छ । राजनीतिक र धार्मिकरुपमा पनि विभेदमा परेका अफ्रिकीहरू अहिले खोज अध्ययन अनुसन्धान गर्दै सत्यताको पक्षमा र राजनीतिक र धार्मिकरुपमा पनि धेरै अगाडि बढिसकेको देखिन्छ ।
अफ्रिकान धर्म अनुसन्धानकर्ता जेनिसर जर्क भन्छन् “हामी राजनीतिमा र धर्ममा वर्णको आधारले हेर्ने र रङ्गभेदका आधारमा काला र सेताको जातिमा वर्गीकरण गर्दिने र कुनै पनि रोजगार पनि नपाउने तल्लो र तुच्छ हिसाबले हेर्ने गर्दथे ।“
अहिलेसम्म कतिपय रङ्गभेदभाव कायम नै रहेको देखिन्छ। त्यसैले अहिलेका युवा र युवतीहरू सत्यतथ्यको राम्रो अध्ययन अनुसन्धान गर्ने र अगाडि बढ्ने क्रममा विभिन्न बौद्धाचार्यहरू भेट्ने अनि ज्ञान आदानप्रदान गर्ने क्रम चल्दै गयो । बुद्धका नामको ध्वनि नसुनेका अफ्रिकानहरू बुद्ध पूजा परित्राण सुत्र देखि आर्यातारामाको सुत्र र संक्षिप्त प्रज्ञापारमिता देखि लिएर हिनयान र महायान र लगायत विभिन्न परम्पराका सुत्रतन्त्रहरू जप्नु देखि साधना गर्दै गरेको र सुत्रहरू वाचन गरिरहेको अडियो भिडियो पनि समय अनुकुल सुन्दै र देख्दै आइरहेका पनि छौँ ।
अफ्रिकी भिक्षुको मुखारबिन्दबाट : “अहिलेको समयमा आर्य सत्यताको प्रत्त्याभुती दिनु सक्ने भनेको नै बौद्ध दर्शन र संस्कार एवम् परम्परामा छ। प्रकृति अनुकुलको अभ्यास र मनोविज्ञानको आन्तरिक प्रवृत्ति जान्नु र अज्ञानताबाट ज्ञानज्योती तर्फ लाग्ने एक मात्रै धर्म भनेको बौद्ध भएकोले यसलाई अनुसरण गरेको हुँ। यसमा कुनै रङ्गभेदभाव नभएको र स्वयं बुद्धत्त्व प्राप्त गर्नु सक्ने आर्यमार्ग भएकोले आफुमा भएको बुद्धत्त्वलाई जगाउनु एवम् प्राप्त गर्नु र सबै दुःख निवारणको शुद्ध महा उपाय कौशललाई बुझेर दुःखबाट निवारण भै अर्हत देखि बुद्ध सम्मका अभिभुमी प्राप्त गर्नु सकिन्छ।”
यसैगरी विभिन्न विषयमा अध्ययन अनुसन्धान गर्नु हुने (जेनिसर जर्क) भन्नु हुन्छ “मैले अध्ययन र अनुसन्धान गरेका पुर्वीया धर्म दुई थिए, त्यो बौद्ध र हिन्दु हो, हिन्दुका विषयमा अध्ययन अनुसन्धान गर्दा धेरै पण्डित र शास्त्रीहरूसँग भेटेर सोधखोज अध्ययन अनुसन्धान गरे तर त्यसभित्रका जात र वर्ण व्यवस्थामा भएको विसंगति र संस्कारले गर्दा मलाई अफ्रिकामा जस्तैः रङ्गभेदभाव नभएनी जात र वर्णको व्यवस्था अनुसार धार्मिक र राजनीतिक हुने भएकोले अफ्रिकालाई भेदभाव गरे झैं यस संस्कार र संस्कृति अनि परम्पराले सत्यता नदर्शाउने भएकोले बौद्धको अध्ययन अनुसन्धानमा लागेको हुँ।”
साच्चिकै सोच्ने हो भने यिनिहरू खोज अनुसन्धान र देश परिवर्तन गर्नु र सत्यताको खोजको अभिरुचि देख्दा अचम्म लाग्छ । अहिले युगाण्डाका अफ्रिकनहरू बौद्ध धर्म अपनाएर बौद्ध विद्यार्थी, भिक्षु, लोपोन, आचार्य, खेन्पो, उपाध्याय, र उपासक उपासिका धेरै छन् ।
अहिले अफ्रिकाको युगण्डामा प्राय बौद्ध धर्मप्रति नै धेरै अभिरुचि रहेको देख्न सकिन्छ । यसरी नै अफ्रिकाको युगाण्डामा बौद्ध धर्म तीव्रगतिमा फैलिएमा पछि नेपाली अनि एसियायीहरू बौद्ध धर्म सिक्नु अफ्रिका पुग्नु पर्ने अवस्था पनि आउन सक्ला ।
अनुवादः Methinks Lopchan
सह-अनुवाद : श्रीरत्ननी थिङ तामाङ

