तीर्थयात्रीहरू, पर्यटकहरू र बौद्ध धर्मको खोजी गर्नेहरूको लागि आकर्षणको रूपमा रहेको शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनीमा सोकोयो जापानी बौद्ध मन्दिर सार्वजनिक रूपमा खोलिएको छ। लुम्बिनीको पश्चिम मठमा अवस्थित सोकोयो जापानी मन्दिरको उद्घाटन १० जनवरी २०२० मा संघीय सांसद र संघीय संसदका लेखा समिति (पीएसी) का अध्यक्ष मा. भरत कुमार शाहले भिक्षु, भिक्षुणी, एलडीटीका अधिकारीहरू, सुरक्षाकर्मीहरू, सञ्चारकर्मीहरू, र स्थानीय व्यक्तिहरूको उपस्थितिमा एक समारोहको बीचमा उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मा. भरत शाहले लुम्बिनीको विकास कार्यक्रममा लुम्बिनीका स्थानीय जनतालाई समावेश गर्नु पर्नेमा कुरामा जोड दिए। “लुम्बिनीको विकासका लागि घर र जग्गा छोड्ने मानिसहरूलाई बेवास्ता गर्नु हुँदैन“ उनले भने। लुम्बिनीमा जापानी वास्तुकला सहित सुन्दर बौद्ध मन्दिर निर्माण गर्न र त्यस क्षेत्रमा बौद्ध धर्मको प्रवर्दधन गर्न सहयोग पुरयाएकोमा उनले जापानी टोलीलाई पनि धन्यवाद दिए।
लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले सोकोयो बौद्ध संगठनलाई मन्दिर निर्माण कार्य सम्पन्न गर्न र जनताको लागि खोलेको बधाई दिए। जापानी भिक्षु सौजेन उमेहाराले सोकोयो बौद्ध संगठनका संस्थापक जापानको भिक्षुको योगदानलाई याद गर्दै जब कोही लुम्बिनी आउन तयार भएन तब उहाँ लुम्बिनी आए ।
माननीय फाखरुद्दीन खानले सोकोयो संगठनलाई मन्दिर निर्माणको परियोजना पूरा भएकोमा बधाई दिए। उनले भने कि लुम्बिनीमा जापानी मन्दिरको संचालनले पक्कै पनि बौद्ध धर्मको प्रवर्दधन र नेपाल र जापानबीच द्विपक्षीय सम्बन्धमा योगदान पुरयाउँछ। भिक्षु कृष्णमानले समारोहमा स्वागत भाषण दिएका थिए भने परियोजना निर्देशक टबलप्कबहादुर साउदले सबै भिक्षु र ननहरू, पाहुनाहरू र सहभागीहरूलाई धन्यवाद दिएका थिए। लुम्बिनीमा भर्खरै खोलिएको मन्दिरले भ्रमण नेपाल २०२० अभियानको प्रवर्द्धनमा योगदान पुरयाउने अपेक्षा गरिएको छ।

