बुद्धको दाँत बोक्ने हातीको निधन

श्रीलंकन सरकारले ’राष्ट्रिय निधि’ घोषणा गरेको एउटा चर्चित हात्तीको निधन भएको छ । उक्त हात्ती बुद्धको दाँत भनिएको अस्थिधातु राखिएको एउटा बाकस बोकेर मध्य श्रीलंकामा प्रत्येक वर्ष आयोजना हुने एउटा विशेष धार्मिक समारोहमा सहभागी हुन्थ्यो ।

क्यान्डी नगरमा अवस्थित एउटा प्रसिद्ध बौद्ध मन्दिरमा आयोजना गरिने समारोहमा प्रयोग गरिने १०० हात्तीमध्ये यो हात्ती प्रमुख थियो । परम्परागत मान्यताअनुसार विशेष गुण भएका र लामा दाह्रा भएका हात्तीलाई मात्र त्यस्तो विशेष धार्मिक भूमिका दिने गरिन्छ ।

यो हात्तीको जन्म सन् १९५३ मा भारतमा भएको थियो । श्रीलंकाका एक चिकित्सक तथा भिक्षुले उपहारमा उक्त हात्ती पाएका थिए । मैसूरका महाराजले आफ्ना एक नातेदारको उपचार गरिदिएकोमा कृतज्ञता ज्ञापन गर्न त्यतिबेला दुइटा छावा उपहार दिएका थिए ।

Share

Related posts

Leave a Comment