गुरु खेन् रिन्पोछे साङ्गे रङज्युङ रिन्पोछेको अगुवाइ तथा श्रद्धेय खेन्पो ङावाङ थेक्छोग रिन्पोछेको अनुरोधमा दस करोड वज्रगुरु सम्पन्न भएको छ

सांगे लेग्देन गुरुङ (भूपेन)
संसारमा अचानक देखा परेको कोरोना महामारीका कारण अहिले सबै घरभित्रै बन्दक बनेको अवस्था छ । यो बाहिरी अनेकौं बस्तुमा लठ्ठिने चन्चले मनलाई कोरोना भाइरस नियन्त्रण र रोकथामका लागी गरिएको लकडाउन वा निषेधाज्ञाकाले झन चंचल, उदासी र आक्रान्त नहोस, मानसिक तनाव तथा मन शान्त सत्कर्ममा ध्यानाकर्षण होउन् भन्ने उद्देश्यले गरिएको १० करोड वज्रगुरु जप सम्पन्न भएको छ ।

जस अनुसार ध्यान साधना अन्तरगतको जपतपमा रहेर सबैको कल्याणकारी बिचार सहित माला, मन्त्र बाचनमा व्यस्त रहनाले होहल्ला अपसब्द र व्यर्थको कुरा कटौती तथा जपध्यानमा रहदा सकारात्मक बिचार तथा हाम्रो मस्तिष्क स्नायुहरु समेत सतबिचार र सतबचनको कारण परिमार्जित तथा सकृय भएर हाम्रो स्वास्थमा समेत फाईदा पुग्ने भएकोले अपार फाईदाको कार्यमा सबै ऐक्यबद्ध भई जुलाई महिनको २१ तारिक तदनुसार हिमालय छैटौ महिनाको १ तिथिबाट नेपाल, हङकङ, यूके, ताईवान, सिङ्गापुर, अमेरिका आदि देशमा महागुरु पद्मसंभवको पवित्र मन्त्र दस करोड पुर्याउने महान उदेश्य सहित सबैलाई आह्वान भए बमोजिम पुण्यवान श्रद्धालुहरुले दत्तचित्त भएर ध्यान जप साधना सबैले आ–आफ्नो क्षमता र समय अनुसार गरेको वज्रगुरु जप सेप्टेम्बर २ मा सम्पन्न भएको हो ।

दस करोड लक्ष्य भन्दा धेरै पनि श्रद्धेय गुरुहरुद्वारा सर्वजगतको हितार्थ पुण्य परिणामना समेत भई सकेको छ । यस्तो महान कार्यमा संकलन सबै पुण्यवान भक्तजनहरु श्रद्धेय गुरुहरुले धन्यवाद दिनु भएको छ ।

गुरु रिन्पोछे अर्थात् गुरु पद्मसम्भव उडियना हाल पाकिस्तानमा जगत हितार्थ जन्म लिनु भई भारतको नालन्दा विश्वविद्यालयमा शास्त्रीय अध्ययन तथा नेपालको खोटाङ, फर्पिङ आदि ठाउँमा तान्त्रिक अभ्यास पश्चात् विशेषतः नेपाल भोट भुटान भारतको हिमालय क्षेत्र आदिमा बौद्ध दर्शन सूर्यको किरण झै प्रचारप्रसार गर्नु भएको थियो ।

उहाँ कल्पौ पहिला नै बुद्ध हुनुहुन्थ्यो र कयौंपटक जगत हितार्थ अनेक जुनी अवतारमा आगम भएको थियो ।

विषेश हाल कलियुग त्यसमा पनि अधिक भयकाल झैझगडा युद्ध डरलाग्दो महामारी भोगमरी कल्पना भन्दा बाहिरको प्राकृतिक प्रकोप नयाँ नौलो रोगहरु वाधा विघ्न आदिले ग्रसित समयमा उहाँको जप तप ध्यान श्रद्धा गर्नाले यी सबै समस्याहरुबाट सुरक्षित हुन सक्ने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

कलियुग भयकालको रक्षक तथा शास्ता उहाँ नै हुनुहुन्छ ।

उहाँको आरधाना मन्त्र
ॐ आ हुँ ,वज्र गुरु पद्म सिद्धि हुँ ।
यो मन्त्रमा कयौं पुण्य र फाइदा रहेको छ ।
संक्षेपमा ॐ आ हु जप गर्नाले त्रिकालको कुकर्महरु बाट सुरक्षित हुने तथा कुकर्म हरुको हेतुफलहरु समेत निर्मुल हुने ।
वज्र शब्द जप गर्नाले क्रोध बाट हुने पाप तथा त्यसको हेतुफल हरु पनि नष्ट हुने ।

गुरु जप गर्नाले अंहकार गर्नाको पाप तथा अंहको हेतुफल हरु नष्ट हुने ।
पद्म जप गर्नाले काम राग (लोभ) को पाप तथा लोभ गर्नाको विपाकको फल हरु नष्ट हुने ।

सिद्धि जप गर्नाले ईष्र्या द्वारा सृजित पाप तथा त्यसको विपाकको फल हरु नष्ट हुने ।

हुँ जप गर्नाले सर्व दुखित प्राणी हरुको दुखहेतुको (बीउ) कारक क्लेस तथा क्लेसबाट हुने कुकर्महरु क्रमश नष्ट निर्मुल हुँदै जाने यो असाधरण र अति नै बहुमुल्य मन्त्रको फाईदा अथाह रहेको छ ।

Share

Related posts

Leave a Comment