ललितपुरको हःखा टोलमा धम्मसाकच्छा संघको आयोजनामा अमिताभ बुद्धको अभिषेक कार्यक्रम हुने भएको छ । आउँदो शनिवार हुने कार्यक्रममा आचार्य महायोगी श्रीधर राणा रिन्पोचेले अभिताभ बुद्धको अभिषेक प्रदान गर्दै हुनुहुन्छ । अभिषेक कार्यक्रम माघ २८ गते शनिवार हुँदैछ । विहान ११ः३० देखि १ बजेसम्म भिक्षु मञ्जुघोषले कार्यक्रमको परिचय दिनु हुनेछ । त्यसपछि अभिषेक कार्यक्रम सुरु हुने बताइएको छ ।
Read MoreCategory: Featured
काठमाडौँका बौद्धमार्गी कालभैरव पछाडि किन टेक्दैनन् ?
कालभैरवको मूर्तिलाई काठमाडौँ उपत्यकामा न्यायको प्रतिकको रुपमा लिइन्छ । प्राचीनकालदेखि नै यो मूर्तिलाई न्याय निसाफ गर्ने देवताको रुपमा लिइदै आएको छ । काठमाडौँभित्र रहेका विभिन्न धार्मिक सम्पदामध्ये कालभैरवको मूर्ति प्रति बौद्ध धर्मावलम्वीको पनि अगाध आस्था रहेको छ । तर काठमाडौंका गुभाजु, बज्राचार्य, शाक्य लगायत बौद्ध धर्मावलम्बीहरू कालभैरव प्रदक्षिणा गर्दा अरू मन्दिरमा जस्तो ठ्याक्कै पछाडिबाट घुम्दैनन् । बरू पछाडिको डबलीमाथि चढेर प्रदक्षिणा पूरा गर्छन् । ‘जंगबहादुर राणाको पालामा यही कालभैरवको मूर्तिपछाडि बौद्ध धर्मका थुप्रै ग्रन्थ र थ्यासफूः (पुराना पाण्डुलिपि) जलाएर नष्ट गरिएको कारणले बौद्ध धर्ममा आस्था राख्नेहरूले कालभैरव मूर्ति पछाडिको भुइँ…
Read Moreआधुनिक युगमा बुद्ध धर्मको उपादेयता
केही दिनअघिको कुरा हो, फेसबुक चलाउँदै गर्दा बुद्ध स्प्रिच्युयल लाइफ शीर्षक अन्तर्गत एकजना पत्रकार महोदय र अस्ट्रेलियाली बौद्ध भिक्षुको अन्तर्वार्ताको केही अंश पढ्ने मौका पाएँ। अन्तर्वार्ता घतलाग्दो छ। पढ्दा अनौठो, उच्छृखल वा अशोभनीय जस्तो लागे पनि यो बुद्ध धर्मको संवेदनशीलता, स्वरूप र गहनतालाई जागृत गर्ने खालको छ। अन्तर्वार्तामा बौद्ध भिक्षुलाई प्रश्न सोधिएको रहेछ–बुद्ध धर्मको पवित्र ग्रन्थ त्रिपिटक च्यातचुत पारी चर्पीको नालमा फ्याँकिदियो भने तपाईँ के गर्नुहुन्छ? बौद्ध भिक्षु एकक्षण मौन रहनुभयो। अनि शान्त भावले जवाफ दिनुभयो–सर्वप्रथमत चर्पीको नाल बन्द होला भनेर नाल सफा गर्नेतिर लाग्नेछु। अन्तर्वार्ताको पृष्ठमा लेखिएको छ। भिक्षुको…
Read Moreलुम्बिनीमा रामकथा रोक्न बौद्धमार्गीको माग
बुद्ध जन्मस्थल लुम्बिनीमा हुन लागेको रामकथा प्रवचन कार्यक्रम रोक्न बौद्ध धर्मावलम्बीहरुले माग गरेका छन् । माघ २१ देखि ९ दिनसम्म भारतीय हिन्दु आध्यात्मिक गुरु मोरारी बापुबाट रामकथा प्रवचन गर्ने कार्यक्रम भइरहेको बेला बौद्ध धर्मावलम्बीहरुले यस्तो माग गरेपछि यो कार्यक्रम विवादमा तानिएको हो । बौद्ध धर्मावलम्बीहरुको संस्था धर्मोदय सभाले मारवाडी समुदायका उद्योगी व्यवसायीको अगुवाईमा कार्यक्रमको तयारी भइरहेका बेला उक्त कार्यक्रम रोक्न माग गरेको हो । लुम्बिनी बौद्धमार्गीहरुको पवित्र र सम्मानित स्थल भएकाले गैर बौद्ध धर्मावलम्बी कार्य सञ्चालन षड्यन्त्र भएको भन्दै कुनै हालतमा गर्न दिन नहुने धर्मोदय सभाको माग छ । धर्मोदय…
Read Moreपाटनः खुल्ला बौद्ध संगहालय
दुई वर्षजति अगाडि पाटन सहरमा सम्यक् पर्व मनाइएको थियो र यसले धेरैको ध्यान खिचेको थियो । प्रत्येक पाँच वर्षमा मनाइन्छ, यो पर्व । यो पर्व काठमाडौंमा पनि मनाइन्छ अनि भक्तपुरमा पनि । तर बढी चर्चा पाटनको सम्यक् पर्वकै हुन्छ, किनभने यो ठीक समयको अन्तरको ठीक अवसरमा हुने गर्छ । वंशावली अनुसार यो पर्व पाटनमा मनाउन थालेको सात सय वर्ष भयो र यसको सिधा–सिधा सम्बन्ध पाटनको प्रसिद्ध हिरण्यवर्ण महाविहारसँग छ । यो पर्व खासमा दान र दिपंकर बुद्धसँग सम्बन्धित छ । यो पर्वको सबैभन्दा ठूलो विशेषता भन्नु नै विशाल दिपंकर बुद्धका प्रतिमा नागबहालयमा ल्याएर प्रदर्शन गर्नु हो ।…
Read Moreकास्कीको मादीमा गुम्बा शिलान्यास
२०७९ माघ १३ गते शुक्रबार कास्की जिल्ला मादीगाँउपालिका ८ पाखुरीकोट गाँऊमा आनन्द धर्म चक्र बुद्ध बिहार (गुम्बा) शिलान्यास कार्यक्रम श्रद्धेय खेन रिन्पोछे शिर लामा गुरु तथा अन्य गुरुहरुबाट भुमिशोधन पुजा बाचन सहित भुमि कलश, नाग कलश, तथा बिधिन्न औजरहरु स्थापना गरि बिधिवतरुपमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । श्रद्धेय खेन रिन्पोछे गुरुको धार्मिक निर्देशनमा र श्री चन्द्र बहादुर गुरुङको अध्यक्षतमा उक्त गुम्बा दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने अनुमान गरिएको छ । गुम्बा लगभग चार रोपनी क्षेत्रफल जग्गा स्वः हिम बहादुर गुरुङ, स्वः शान्त बहादुर गुरुङ श्री नौ जंङ् गुरुङ…
Read Moreनेपाल बौद्ध संघको सहयोगमा सम्भोटा कक्षा सुरु
नेपाल बौद्ध संघको सहयोगमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं ७ स्थित रमणटारमा तीन महिने बौद्ध शिक्षा सम्भोटा लिपी प्रशिक्षण शिविर सुरु भएको छ । माघ १० गतेदेखि सुरु भएको प्रशिक्षण शिविर वैशाख १० गतेसम्म जारी रहने नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामाले बताउनु भयो । प्रशिक्षण पेमा छ्योइलिङ बौद्ध बिहार गुम्बामा भइरहेको छ । प्रशिक्षण विहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुँदै आएको छ । पेमा छ्योइलिङ बौद्ध बिहार गुम्बाको आयोजनामा भइरहेका प्रशिक्षण शिविरमा खेन्पो जितलाल तामाङ र काइला लामा सहभागि हुनुहुन्छ । नेपाल बौद्ध संघले गुम्बा निर्माण सहित…
Read Moreबौद्ध धर्ममा सरस्वतीको स्थान र धारणा
विवेक शर्मा उत्तरः १२औं शताब्दिमा मुसलमानी हमलाले भारतबर्षकै इतिहासमा अध्ययन र विद्याको चरमोत्कर्षको रुपमा रहेका करिब एक दर्जन नालन्दा, विक्रमशिल, जगद्दल, औदन्तपुरी आदि जस्ता बौद्ध महाविद्यालयहरुको समुल नाश भएपछी हालको भारतमा बौद्ध धर्मको अवसान हुन पुग्नुका साथै अध्यात्मको क्षेत्रमा सम्पुर्ण व्याख्या प्रणालीनै वैदिक–हिन्दु धर्मको स्थापना हुन गएको र बौद्ध धर्मको ग्रन्थ, व्याख्याप्राणाली, विधिविधान र अवधारणा पछि धकेलिएकोले भारत र नेपालका अधिकाँश मानिसलाई बौद्ध धर्मको बारेमा जानकारीको कमिले गर्दा बौद्ध धर्ममा सरस्वतीको के स्थान छ भनेर थाहा नहुनु स्वभाविक नै हो। नेपालमा बौद्ध धर्म मल्ल,शाह र राणाकालमा पेलिएकोले पनि आजको दिन्मा…
Read Moreकाभ्रेको रोशीमा टुल्कु लोब्साङ नाम्ग्याल रिन्पोचेले छेवाङ दिने
काभ्रे जिल्लाको रोशी गाउँपालिकामा माघ २२ गते आइतवार एक विशेष बौद्ध कार्यक्रम आयोजना गरिने भएको छ । रोशी गाउँपालिकाको वडा नं ११ स्थित कालोढुंगा, डम्फुपार्कमा परम पावन धर्मगुरु टुल्कु लोब्साङ नाम्ग्याल रिन्पोचेले छेवाङ (आयू अभिषेक) र शरण गमनको शिल प्रदान गर्दै हुनुहुन्छ । साथै उक्त अवसरमा सोनाम ल्होसारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ । कार्यक्रम माघ २२ गते आइतवार विहान ९ बजेदेखि सुरु हुनेछ । कार्यक्रमको आयोजक टाशी चुम्लाखाङ गुम्बा अध्ययन केन्द्र रहेको छ । उक्त कार्यक्रमलाई हिमालयन बौद्ध सम्भोटा लिपी प्रशिक्षण केन्द्रले समन्वय गरेको हो । त्यस्तै…
Read Moreएउटै ढुङ्गामाथि बनेको सोलुखुम्बुको प्रशिद्ध गुम्बा (फोटो फिचर)
सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, वडा नं. २, फुग्मोछेमा अवस्थित फुग्मोछे ङग्यूर कर्मा छ्योलिङ गोन्पा सोलुखुम्बु जिल्लाकै प्राचीन ऐतिहासिक महत्त्व भोकेका गोन्पाहरू मध्ये एक गोन्पा हो । प्राचीनकालमा बौद्ध धर्मको प्रचार–प्रसारको क्रममा तिब्बतबाट धेरै प्रसिद्ध लामाहरू पाल्नु भई करिब १६ औँ शब्तादीदेखि यस स्थानमा ध्यान साधना गर्ने र बौद्ध शिक्षा दीक्षा दिने केन्द्रको रही आएको कुरा विभिन्न धार्मिक गरु परम्पराका पुस्तकहरूमा पाइन्छ । विशेष गरी ञिङमा परम्पराको डकार अन्तर्गत शिठो रङसल (क्रोधि–शान्ता स्वप्रकाश) को साधना विधिका गुरु परम्पराका गुरुहरू ख्याप्दक कर्मा ङेतोन, उर्गेन साङक तेन्जीन, ङवाङ साङक तेन्जीन, ञयाग्री पेमा छेवाङ,…
Read More