नेपाल बौद्ध संघको आयोजनामा चैत ८ गतेदेखि ललितपुरमा बौद्ध शिक्षा तथा आना पाना ध्यान शिविर अभ्यास कार्यक्रमको शुरूवात भएको छ । ललितपुरको बागमती गाउँपालिका वडा न. ४ प्युटर टाशी छ्योतेन गुम्बामा बौद्ध शिक्षा तथा आना पाना ध्यान शिविर सुरु भएको हो । ध्यान शिविरमा नेपाल बौद्ध संघका खेन्पो लामा छुल्ठिमले प्रवचन तथा बौद्ध शिक्षा र आना पाना ध्यानको कक्षा सञ्चालन गर्नु भएको थियो । कार्यक्रम संयोजक काइला लामाका अनुसार स्थानीय बौद्ध धर्मावलम्वीले निकै उत्साहका साथ सहभागिता जनाइरहेका छन् ।
Read MoreCategory: Featured
बौद्ध धर्ममा महायानको परिभाषा
महायान वर्तमान कालमा बौद्ध धर्मको दुई प्रमुख शाखाहरू मध्ये एक हो । अर्को शाखाको नाम थेरवाद हो । महायान बुद्ध धर्म नेपालबाट आरम्भ भएर उत्तरतिर धेरै अरू एसियाली देश हरूमा फैलिएर गएको पाईन्छ, जस्तै भारत, चीन, तिब्बत, कोरिया, जापान, ताइवान, भूटान, मंगोलिया र सिंगापुर । महायान सम्प्रदायको अगाडि अरू उपशाखा हरू पनि छन्, मसलन जÞेनरचान, पवित्र भूमि, तियानताई, निचिरेन, शिन्गोन, तेन्दाई तथा तिब्बती बौद्ध धर्म । थेरवाद र महायानको फरक थेरवाद शब्दको अर्थ हो श्रेष्ठ पुरुषहरुको कुरा । बौद्ध धर्मको यो शाखामा पाली भाषामा लेखिएको प्राचीन त्रिपिटक धार्मिक ग्रन्थहरूका पालन…
Read Moreस्वयम्भूमा तेस्रो वज्रगुरु जप हुने
नेपाल बुद्ध धर्म सेवा संघ स्वयम्भू, हिमाली शेर्पा समाज र सृजनशिल आमा समूहको आयोजनामा वज्रगुरु थ्युंग्युर (दश करोड बज्रगुरु जप) आयोजना हुने भएको छ । तेस्रो पटक हुन लागेको बज्रगुरु जप यही चैत १० गते नेपाल बुद्ध धर्म सेवा संघ, स्वयम्भूमा हुँदैछ । श्रदेय बौद्ध धर्मगुरु ज्याङपा लामा रिम्पोछे र खेम्पो लोप्साङ सेरपद्व्यको समुपस्थितिमा बज्रगुरु जप हुनेछ । बिहान ७ बजेबाटसुरु हुने बज्रगुरु जपमा सहभागि हुन बौद्ध धर्मावलम्वीलाई आयोजकले आग्रह गरेको छ । कार्यक्रममा सहभागि हुन चाहनेहरुलाई काठमाडौँको अत्तरखेलदेखि स्वयम्भूसम्म बसको समेत व्यवस्था गरिएको छ ।
Read Moreमादी गाउँमा गुम्बा उद्घाटन (फोटो फिचर)
कास्की जिल्लाको मादी गाउँपालिका २, ताङलिङस्थित नौ पैगी लामा महायान बौद्ध गुम्बा समुद्घाटन गरिएको छ । शुक्रवार श्रद्धेय गुरु स्याङ्पा रिन्पोछे ज्युबाट गुम्बा औपचारिकरुपमा उद्घाटन भएको हो । स्याङ्पा रिन्पोछेको विशेष उपस्थितिमा बरिष्ठ धर्म गुरुहरुबाट गुम्बाको प्राण प्रतिष्ठ (रब्ने) पूजा, अभिषेक प्रदान अनुष्ठान लगायतका कार्यक्रम भएको थियो । गुम्बा उद्घाटन कार्यक्रममा प्रमुख अथिति गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङका साथै मादी गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित सयौँ श्रद्धालू भक्तजनहरु सहभागि थिए ।
Read Moreलुम्बिनीमा एकैदिन ५ सय जनाले लिए प्रवज्या
लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकै दिन पाँच सय जना अल्पकालिन भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरुको सह–आयोजनामा विहिबार मायादेवीमन्दिर प्राङगणमा पाँच सय जनालाई अल्पकालिन भिक्षु अर्थात कुलपुत्र प्रव्रज्या गराइएको हो । विहिवार लुम्बिनीमा एकैदिन पाँच सयको संख्यामा अल्पकालिन भिक्षु बनेकाहरुलाई अखिल नेपाल भिक्षु महासंघका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चिवर प्रदान गरेका थिए । पहेलो चिवर लगाउँदै अल्पकालिन भिक्षु बनेकाहरुले भिक्षु जीवनमा प्रवेश गर्नका लागि पालना गर्ने सय वटा…
Read Moreकपिलवस्तुमा विश्वकै अग्लो बुद्ध मुर्ति बनाइने
कपिलवस्तु नगरपालिका क्षेत्र भित्र विश्व कै सबै भन्दा अग्लो बुद्धको प्रतिमा निर्माणका लागि प्रकृया अघि बढाइएको छ। २ सय ४५ मिटर अग्लो बुद्धको मुर्ति र अन्तर्राष्ट्रिय बौद्ध पार्क निर्माणको प्रकृया अघि बढाइएको हो। कपिलवस्तु नगरपालिका वडा नम्बर ६ र वडा नम्बर ९ को नदी उकास क्षेत्रमा पर्ने जमिनमा पार्क सहीत बुद्ध मुर्ति बनाउने गरी प्रस्ताव अघिब बढाइएको हो। नगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने र अन्तर्राष्ट्रिय बौद्धिस्ट सेन्टरले निर्माणको काम गर्ने गरी काम अघि बढाइएको हो। सो कामका लागि कपिलवस्तु नगरपालिका र अन्तरास्ट्रिय बौद्धिष्ट सेन्टर बिच नगरपालिकाको सभा हलमा भब्य कार्यक्रमका बिच…
Read Moreललितपुरको चापागाउँमा ३ सय वर्ष पुरानो २ बुद्ध मूर्ति चोरी
ललितपुरको चापागाउँमा रहेको तीन शताब्दी पुरानो ऐतिहासिक पुरातात्विक बुद्धका दुई वटा मूर्ति चोरी भएको छ । चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गत सोमबार चोरी भएको स्थानीयको भनाइ छ । चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको स्थानीय राजाराम श्रेष्ठले बताए । चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन वटा चोरी भइसकेको श्रेष्ठको भनाइ छ । बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले फेला पारेका छन् । यो चैत्य नेपाल संवत् ८२५ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ । काठमाण्डौं उपत्यका…
Read Moreलुम्बिनीमा दक्षिण कोरियाका २ सय भिक्षु
दक्षिण कोरियाबाट बुद्धस्थलहरूको पैदलयात्रामा निस्किएका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू लुम्बिनी आइपुगेका छन्। कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरू र तीर्थयात्रीलाई लुम्बिनी विकास कोषले लुम्बिनीमा स्वागत गरेको छ। कोरियाली बौद्ध भिक्षु–भिक्षुणी र तीर्थयात्रीलाई रूपन्देही निर्वाचन क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमान लगायतले लुम्बिनीमा खादा ओढाएर स्वागत गरेका थिए। उक्त टोलीले मायाँदेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए। पुजा तथा प्राथनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुक पनि सहभागी थिए। मायाँदेवी…
Read Moreमाझखण्ड विहारमा प्रवज्या कार्यक्रम हुँदै
ललितपुरको दक्षिणी भेगस्थित माझखण्डमा अवस्थित माझखण्ड बुद्ध विहारको आयोजनामा सतकुलपुत्त (१०० जना) लाई दुर्लभ श्रामणेर प्रव्रज्या गराइने भएको छ । प्रवज्यामा सहभागि हुन इच्छुकलाई सम्पर्क गर्न विहारले आह्वान गरेको छ । प्रवज्या कार्यक्रम चैत २३ गते हुँदैछ । कार्यक्रम वैशाख २ गते समापन हुनेछ । प्रवज्या कार्यक्रममा सहभागि हुन चाहनेले चैत १५ गतेसम्म फारम बुझाइ सक्नु पर्नेछ । सम्पर्कको लागि : १) भिक्षु बोधिज्ञान, विश्व शान्ति विहार, मीनभवन ९८५११६७५२५ २) अनागारिका अरियञाणी ( दकिला), शाक्यसिंह विहार ९८४१५४४९६१ ३) अनागारिका पवरञाणी, अ.बौ.भा. केन्द्र, बुद्धनगर ९८६२४९००९६ ४) गौतम महर्जन, मेत्ता भोलुन्टियर, थेच्व…
Read Moreकास्कीको मादी गाउँपालिकामा गुम्बा उद्घाटन (रप्ने) हुँदै
कास्की जिल्लाको मादी गाउँपालिका २, ताङलिङस्थित नौ पैगी लामा महायान बौद्ध गुम्बो समुद्घाटन गरिने भएको छ । गुम्बा उद्घाटन कार्यक्रममा श्रद्धेय गुरुबर स्याङ्या रिन्पोछे ज्यु उपस्थित हुने कार्यक्रम रहेको छ । स्याङ्या रिन्पोछेको विशेष उपस्थितिमा बरिष्ठ धर्म गुरुहरुबाट गुम्बाको प्राण प्रतिष्ठ (रब्ने) पूजा, समुद्घाटन तथा अभिषेक प्रदान अनुष्ठान लगायतका कार्यक्रम हुँदैछ । कार्यक्रममा भगवान बुद्धको महानवाणी प्रज्ञापारमिता (बुम्म) पाठ वाचन पनि गरिदैछ । चैत १, २ र ३ गतेसम्म हुने कार्यक्रमको पहिलो र बिहान ७ः३० देखि बेलुकी ५ः०० बजेसम्म धर्मगुरुहरुबाट बुम् बाचन पूजा चैत २ गते ३ः०० बजे श्रद्धेय गुरु…
Read More