स्वयम्भूनाथ काठमाण्डौ उपत्यकाको पश्चिममी अवस्थित एक प्रसिद्ध बौद्ध स्तुप हो । स्वयम्भूनाथलाई महाचैत्य पनि भनिन्छ । धार्मिक कथाअनुसार उपत्यका पानीले भरिएको बेला बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमाई घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्यामा बसेका थिए । त्यसपछि बैशाख पूर्णिमाको दिन दक्षिण फर्किएर कमलको बीउ दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रियो । त्यसरी उम्रिएको कमलको फूलबाट नै स्वयम्भू महाचैत्य उत्पत्ति भएको मानिन्छ । संस्कृतमा स्वयम्भूको अर्थ आफै उत्पत्ति भएको भूमि भन्ने हो ।
मञ्जुश्रीले काठमाडौंको पानी कटाउनुअघि त्यही स्वयम्भूमा पूजा गरेको, फूल भएकै स्थान पहाड बनेको र त्यही स्वयम्भूनाथ स्तुप बनेको कथन छ। संस्कृतमा स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि हुन्छ।


I think this one of the best source of Buddhist information. Thank you very much for sharing