आज तेमाल जात्रा, बौद्ध विशेष उल्लासका साथ मनाइदै

तामाङ समुदायको महत्वपूर्ण पर्व ‘तेमाल जात्राको अवसरमा आज विहानैदेखि काठमाडा्रैँको बौद्धमा घूइँचो लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल चतुदर्शीका दिन मनाइने सो जात्रामा तामाङ समुदायले वर्ष दिनभित्र दिवङ्गत भएका मानिसको स्मरणमा बौद्धको चैत्य परिक्रमा गरी बत्ती बाल्नेको परम्परा रहि आएको छ ।

बिहिबार रातिसम्म चल्ने सो जात्रामा सहभागि हुन काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट सर्वसाधारण भेला भएका छन् । जात्रा कहिलेदेखि सुरु भएको भनेर यकिन तथ्य नभए पनि काभ्रेस्थित तिमालका अन्तिम राजा रिञ्जेन दोर्जे वलले आफ्ना जनतालाई दिवङ्गत आत्मको शान्तिका लागि बौद्धमा गएर बत्ती बाल्नका लागि व्यवस्था मिलाएर राजकीय मान्यता दिएको जनविश्वास छ ।

दिवङ्गत पितृहरुको मोक्ष प्राप्तिका लागि तेमाल जात्रामा रातभर तामाङ समुदायका मानिस बौद्ध स्तुपमा बसेर द्वीप प्रज्वलन गर्ने गर्दछन् ।
रातभर बत्ती बालेर चैत्र पूर्णिमाका दिन अर्थात भोलि बिहान बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूनाथको दर्शन गरेपछि तेमाल जात्रा सकिन्छ ।

स्वयम्भू पुराणका अनुसार विपस्सी बुद्धले काठमाडौँ उपत्यकामा आएर आजकै दिन कमलको फूल रोपेको प्रसङ्ग छ । केही भक्तजनले त्यहाँको दर्शन गरिसकेपछि राति बालाजुस्थित बाइसधारामा स्नान गरी स्वयम्भूनाथ चैत्यको समेत पूजा गर्ने गर्दछन् ।

Share

Related posts