२५ कार्तिक काठमाडौं: दक्षिण कोरियाको ग्योङ्गी प्रान्तस्थित ग्वाङ्जु नगरले बौद्ध इतिहास, सांस्कृतिक सम्पदा तथा प्राकृतिक आकर्षणलाई समेटेर ऐतिहासिक तथा सांस्कृतिक पदमार्ग निर्माण गर्ने योजना अघि बढाएको छ । स्थानीय नागरिक तथा पर्यटकलाई लक्षित गरी विकास गर्न लागिएको उक्त पदमार्गमा ऐतिहासिक स्थल, धार्मिक सम्पदा र प्राकृतिक क्षेत्रलाई एकीकृत गरिनेछ । यस विषयमा नगर प्रशासनले स्थानीय बौद्ध समुदायसँग छलफल गर्दै सुझाव तथा सहयोगका सम्भावनाबारे परामर्श गरेको छ । नगर प्रशासनले गत अक्टोबर १३ मा कोरियाली बौद्ध धर्मको जोग्ये सम्प्रदायको केन्द्रीय कार्यालय पुगेर धर्मगुरु तथा स्थानीय बौद्ध संस्थाका प्रतिनिधिसँग परियोजनाको उद्देश्य र कार्यदिशाबारे…
Read MoreDay: November 11, 2026
लुम्बिनीमा छोकी निमा रिन्पोछेद्वारा तारासम्बन्धी विशेष अभिषेक तथा धर्मदेशना
२५ कार्तिक लुम्बिनी : भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेद्वारा विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम सुरु भएको छ । नोभेम्बर ११ देखि १३ सम्म आयोजना हुने कार्यक्रममा बाह्य, आन्तरिक तथा गुह्य तारासम्बन्धी अभिषेक र धर्मदेशना प्रदान गरिने कार्यक्रम रहेको छ । बौद्ध धर्म, दर्शन र ध्यानसाधनामा रुचि राख्ने श्रद्धालु तथा साधकका लागि यो कार्यक्रम महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । बौद्ध परम्परामा तारा साधनालाई करुणा, संरक्षण, निर्भयता र आध्यात्मिक रूपान्तरणसँग जोडेर व्याख्या गरिन्छ । विशेषगरी हरित तारा र श्वेत ताराको साधना महायान तथा वज्रयान बौद्ध परम्परामा…
Read Moreबोमडिलामा बुद्धका पवित्र अस्थिधातुको दर्शन गर्न श्रद्धालुको भीड
२५ कार्तिक काठमाडौं: भारतको अरुणाचल प्रदेशस्थित बोमडिलाको थुबचोग गात्सेल लिङ गुम्बामा भगवान् गौतम बुद्धका पवित्र अस्थिधातु सार्वजनिक दर्शनका लागि राखिएको छ । नोभेम्बर ८ देखि सुरु भएको दर्शन कार्यक्रममा श्रद्धालुको उल्लेख्य सहभागिता देखिएको छ । पहिलो दुई दिनमै ११ हजार ९६९ जनाले बुद्धका पवित्र अस्थिधातुको दर्शन गरेका छन् । बुद्धका पवित्र अस्थिधातुको दर्शन गर्न स्थानीय बौद्ध धर्मावलम्बीसहित भारतका विभिन्न राज्यबाट श्रद्धालु बोमडिला पुगेका छन् । दर्शनका लागि गुम्बा परिसरमा विशेष व्यवस्था मिलाइएको छ । बुद्धका अस्थिधातुको दर्शनबाट पुण्य प्राप्त हुने, मनमा शान्ति र आध्यात्मिक ऊर्जा प्राप्त हुने धार्मिक विश्वासका कारण…
Read More