गौतम बुद्धको महापरिनिर्वाण पछि बौद्धमार्गीका लागी चार स्थान विशेष रहेका छन् । बुद्धले पहिलो आँखा उघारेको स्थान लुम्बिनी, बुद्धत्व पाएको बोधगया, बुद्धत्व प्राप्ति पछि पहिलोपटक प्रवचन दिएको सारनाथ र महापरिनिर्वाण गरेको कुशीनगर । यी चार स्थानमध्ये पनि बुद्धको जन्मस्थल भएको कारण लुम्बिनी अझ बढी महत्वपुर्ण रहेको छ बौद्धमार्गी माझ । बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र क्षेत्रमा रहेको एउटा विहार हो अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहार । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिको वडा नंबर ४ स्थित डिंगरनगरमा यो विहार रहेको छ । विहारको स्थापना जटिल भन्तेले विक्रम सम्बत २०५८ सालमा गरेका हुन् ।…
Read Moreदिन: अप्रील 5, 2021
थेरवाद बुद्धधर्ममा कथिन दानको महत्व
पदुम श्रामणेर बुद्धशासनसित सम्बन्धित कुनै पनि सानो गल्तीदेखि लिएर ठूलठूला गल्तीहरू लगायत सभ्य संस्कृति तथा अवस्था, परिस्थितिलाई जोड दिनुभई भगवान बुद्धले आफ्नो जीवनकालमा धेरै नै विनय नियमहरू प्रज्ञप्त गर्नुभयो । उहाँले कुनै घटनालाई अबलम्बन गर्नु भई नै नियमहरू प्रज्ञप्त गर्नुभएको बुद्धकालीन पुस्तकहरूमा जीवन्त छ । उहाँले प्रज्ञप्त गर्नुभएको विनय नियमहरूमा कथिन दान पनि एक हो । जसको आफ्नै मौलिक इतिहास अंकित छ । सर्वोत्तम बोधिज्ञान प्राप्त पश्चात “बहुजन हिताय बहुजन सुखाय” को लक्ष्य लिनुभई आफ्नो गन्तव्यमा लाग्नु भएका बुद्ध आफ्नो पहिले वर्षावास पश्चात उरुवेल जंगलको आसपासमा रहेको हरियालीपूर्ण जंगलमा ध्यान…
Read More