गोन्पा विद्यालयहरूको बृहत् भेला कात्तिक २० गते

काठमाडौं । नेपाल बौद्ध महासंघअन्तर्गतको बौद्ध विद्यालय समिति नेपालको बैठकले आगामी कात्तिक २० गते गोन्पा विद्यालयहरूको बृहत् भेला आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाल बौद्ध महासंघको सभा कक्षमा बसेको समितिको बैठकमा विभिन्न गोन्पा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूसँग गोन्पा शिक्षाको अवस्था, शैक्षिक विकास, व्यवस्थापन तथा आगामी कार्ययोजनाबारे व्यापक छलफल गरिएको थियो ।

छलफलपछि २०८३ साल कात्तिक २० गते शुक्रबार गोन्पा विद्यालयहरूको बृहत् भेला आयोजना गरी नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

भेलामार्फत गोन्पा विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, शैक्षिक नीतिको प्रभावकारी कार्यान्वयन तथा विद्यालयबीचको आपसी समन्वय र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

बृहत् भेलामा देशका विभिन्न क्षेत्रमा सञ्चालित गोन्पा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ । नयाँ नेतृत्व चयनसँगै गोन्पा विद्यालयको व्यवस्थापन, शिक्षा प्रणाली र भावी कार्यक्रमलाई थप व्यवस्थित बनाउने लक्ष्य समितिले लिएको छ ।

Share

Related posts

Leave a Comment