चारुमती विहारमा होली

बुधबार फागु पूर्णिमाको अवसर पारेर काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा विशेष कार्यक्रम आयोजना गरियो । फागु पूर्णिमाको शुभकामना आदानप्रदान र शान्तिको कामनाा सहित उक्त कार्यक्रममा बुद्ध पूजा, परित्राण, धर्मदेशना र पूण्यानुमोदन लगायतका कार्यक्रम गरिएको थियो ।

फागुन पूर्णिमाकै दिन सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसके पछि पहिलोपटक राजा सुद्धोदनको निमन्त्रणामा राजगृह नगरबाट कपिलवस्तु नगरमा प्रस्थान गरेका थिए । यसकारण पनि फागु पूर्णिमा बौद्ध धर्मावलम्वीका लागि पनि विशेष महत्वपुर्ण रहेको छ ।

Share

Related posts

Leave a Comment