भगवान बुद्धको देन मध्यमा एउटा यो पनि हो कि स्त्री जातिलाई पनि पुरूषहरूलाई झै बौद्ध समाजमा स्थान दिनुभएको छ । बौद्ध धर्मले गर्दा नारी समाजमा महान परिवर्तन भएको एउटा उल्लेखनीय मात्र होइन प्रशंसनीय कुरा पाइन्छ । यो कुरा बुझ्नलाई हामीले बुद्धकालीन पुर्व र पछि कट्टर ब्राम्हणवादलाई अ·िकार गरेर हिडनेहरूले लेखिएको हिन्दु ग्रन्थहरू पढी हेर्दा स्त्री जातिको ब्यक्तिगत जीवन विकासको लागि कतिको बाधा दिएको छ भन्ने कुरा थाहा पाउनु सकिन्छ । आज पनि समाजमा ब्यवहारैले नारी समाजलाई निम्न स्तरमा राखी शोषण गरिरहेको राम्रो संग देखिन्छ ।
हिन्दुहरूले खुव मानी राखेको मनु स्मृतिमा स्त्रीहरूलाई मान्यता दिनु पर्छ भनी राखेता पनि, जन्मै देखि मृत्युसम्म आमा–बावु र आफ्नो पुरूषको संरक्षणमा बस्नु पर्ने, त्यस्तै कुनै बेलामा पनि आइमाईहरूलाई स्वतन्त्र बस्न दिनु हुँदैन भनेर पनि त्यसैमा भनी राखेको छ । यस्तो विचार आजसम्म पनि हिन्दु भक्तहरूको वीचमा कट्टर रूपले रहेको उनीहरूको सामाजिक ब्यवहारवाट देखा पर्दछ । त्यसैले बुद्ध कालीन भारतमा बुद्ध धर्मको प्रभाव धेरै भएको ठाउँमा आइमाईहरूले सामाजिक क्षेत्रमा स्वतन्त्र पुर्वक जीविका गरिरहेको छ भन्ने प्रमाण प्रशस्त छ । पालि त्रिपिटक नै यस्को लागि साछि छ ।
बौद्ध–परिषदमा–भिक्षु, भिक्षुणी, उपासक, उपासिका भनी स्त्री पुरूषलाई समान स्थान दिएको छ । निर्वाण साक्षात् केवल पुरूषहरूले मात्र गर्न सकिन्छ भन्ने कुरो होइन, स्त्रीहरूले पनि निर्वाण साक्षात गरेर लिएको छ । केवल पुरूषहरू मात्र नै बुद्धिमान, उनीहरूसंग मात्र काय कुशलता छ भन्ने कुरो होइन, स्त्रीहरूसंग पनि बुद्धि छ ।
बुद्ध कालीन सच्चा, लाला, पटाचार, अवतकाया, कुण्डकंसी आदि यिनीहरू सुप्रसिद्ध शास्त्रार्थ गर्ने, अरूसंग त के सारिपुत्र भन्तेसंग पनि वाद विवाद ग¥यो भन्ने प्रमाण छ । निम्न लिखित गाथाले त स्त्रीहरू पनि श्रेष्ठ भन्ने प्रमाणित गरेको छ—
न सो सब्बेसु ठानेसु पुरिसो होति पण्डितो ।
इत्थीपि पण्डितो होति तत्थ तत्थ विचक्खणा ।।
अर्थात् सबैठाउँमा पुरूषहरू मात्र पण्डित र विद्वान हुँदैन, कहिं स्त्रीहरू पनि पाण्डित्यापुर्ण हुन्छ ।
यस प्रकार विद्वान स्त्रीहरू भए पनि, समान स्थान दिए तापनि, भिक्षुणी भए पनि बुद्धले किन स्त्रीहरूलाई भिक्षुणी दिक्षा दिन पहिले अस्वीकार गर्नु भो तथा भिक्षुणी शासन किन परिहानि भएको भन्ने यौटा विचारणीय कुरो हो ।
भिक्षुणी शासन छिटै अन्त भएकोमा कसै कसैले विचारै नगरी यस्तो पनि भन्छ कि यो त स्वयं बुद्धले नै स्पष्ट रूपले भनी राख्नु भएको थियो । तर यसरी भन्नु अनुचित र नसुहाउँदो देखिन्छ । यस्का विचारणीय दुइटा कुरा छ । यौटा भिक्षुणीहरूले अनुगमन गर्नुपर्ने कडा विनय नीति हो । अर्को कुरो हो भिक्षुणी शासन सम्वन्धी संविधान । भिक्षुणीहरूको लागि बनाइ राखेको धेरै विनय नीतिबाट त भिक्षुहरू लाई भन्दा तल राखेर पस्रक देखाएको छ, यद्यपि बुद्धले आफ्नो संघमा स्त्रीहरूलाई स्थान दिएको छ । पुरूष र स्त्री समान भिक्षु र भिक्षुणी समान हुन भनेर ।
तैपनि बौद्ध सम्प्रदायको मुल तत्व स्त्रीहरूलाई पुरूष संग अलग्याई बसाउने हो जस्तो लाग्छ । किन भने बौद्ध धर्ममा त्याग र वैराग्यको स्थान मुख्य छ, भोगको होइन । हुनत तथागतले स्त्रीहरूलाई कहिल्यै निन्दा गर्नु भएन बरू बरोवर यो सल्लाह दिनु हुन्थ्यो कि मानिसहरू स्त्रीहरूको जालबाट बची रहनुपर्दछ । सम्भव छ भने स्त्रीहरूबाट टाढा भएर बस्नु वेश ।
बुद्धको स्त्रीहरूको बारे एक पटक बुद्धले आफ्ना प्रमुख शिष्य आनन्दलाई यसो भन्नु भएको थियो ।
आनन्दले प्रश्न ग¥यो— भन्ते, स्त्रीहरूको विषयमा कस्तो प्रकारले ब्यवहार गर्नु पर्छ ?
बुद्ध — आनन्द, उनीहरू पट्टि नहेर्नु राम्रो हुन्छ ।
आनन्द — यदि उनीहरूलाई हेर्न प¥यो भने के गर्ने ?
बुद्ध — आनन्द,खुव होश राखेर हिडनु पर्छ ।
यद्यपि बुद्धले यस्तो आज्ञा गर्नु भए पनि साधारण आफ्ना गृहस्थ अनुयायीहरूको लागि यस्तो उपदेश दिनु भएको छ कि – भरिया परमा सखा आफ्नी पत्नी नै आफ्नो परम साथी सम्झनु पर्दछ । पत्नी प्रति विश्वास पनि राख्न सक्नुपर्दछ भनी संयुक्त निकायमा उल्लेख भैराखेको छ ।
त्यति मात्र होइन साधारण भत्तजनहरूको लागि यो पनि उपदेश दिनु भएको छ— आमा– बुबाको सेवा, पत्नी, छोरा–छोरीहरू संग शान्तिपूर्ण सहवास तथा उद्योग नै सवभन्दा ठुलो आशिर्वाद हो । यसरी विचार गरी हेर्दा भिक्षुणी एक जना भिक्षु देखि टाढा भएर बस्नु पर्ने धार्मिक परमार्थ अनुसार होइन, आचार विचार र व्यवहार अनुसारले हो जस्तो लाग्छ ।
भिक्षु र भिक्षुणीको बिचमा कडारूपले ब्रम्हचर्या व्रत पालन गर्ने अभिलाषा भएकोले उनीहरू दुइ ग्रुपै शुरू देखि अलग अलग वास गर्थे , त्यस्तै भिक्षुणीहरूलाई भिक्षुहरूलाई भन्दा विनय नीति, कडा रूपले बनाइएको छ । यसले कामवासना तर्फ स्त्री जाति अलि कमजोर देखिन्छ भन्ने कुरा विचार गर्ने ठाउँ छ । हुनत ब्रम्हचर्यबाट वा पञ्च कामतिर बाट हेरेका स्त्री–पुरुष दुवै ग्रुप पनि टाढा बस्नु पर्दछ ।
ब्रम्हचर्या हिन्दु बौद्ध दुवै शिष्टाचारमा उच्च रूपले वर्णन गरि राखेको छ । स्त्री–पुरुष संयोगबाट अलग्गिएर बस्नु, ब्रंम्ह विहारले युक्त भएर बस्नु, पञ्च काम वासनाले टाढा भएर बस्नु आदि बम्हचर्याको अर्थ हो । यहाँ स्त्री – पुरुष संयोग मैथुन नामले प्रसिद्ध छ । त्यो साधारण ग्राम्य धर्म भनिन्छ अर्थात अशिक्षित गाउँलेहरूको काम भन्ने त्रिपिटकमा उल्लेख भैराखेको छ । त्यसैले त्यस्तो कामवाट अलग्ग भएर पवित्र रूपले बम्हचर्या रक्षार्थ भिक्षु हुनु पर्दछ भन्ने कुरा दिर्घ निकाय “सुभ सुत्रमा” भनिराखेको छ । त्यसा भनेर मैथुन वा स्त्री पुरूष संयोगबाट अलग भएर बस्नलाई भिक्षु भिक्षुणी नभएकोले सक्दैन भन्ने कुरा होइन । तैपनि तत्काल ब्यवस्थानुसारले भिक्षु भिक्षुणी हुने वित्तिकै अलि स्थिर भावबाट बम्हचर्या पुर्ण हुने सम्भव बढी मात्रामा देखिएको नै भिक्षु भिक्षुणी हुनु पर्दछ भनी राखेको हो ।
बुद्धले भन्नु भएको छ — नाहं भिक्खवे अञ्ञं एक रूपम्पि, सद्दंम्पि, गन्धम्पि, रसम्पि, पस्स्संम्पि समनुपस्सामि यं एवं पुरिसस्स चित्तं परियादाय तिरुति यथयिदं भिक्खवे इत्थि रूपं, इत्थिसद्दं, इत्थि गन्धं, इत्थिरसं, इत्थिपसेट्टब्वोु
अर्थात् संसारमा यस्तो रूप, शब्द, गन्ध, रस तथा स्पर्ष देखिन जसवाट जहिल्यै पनि पुरूषहरूको चित्तलाई आकर्षित गरि राखेको छ, जुन स्त्री रूप, स्त्री शब्द इत्यादि । केवल पुरूषको चित्त तानेर लिने स्त्रीको रूप, शब्द मात्र होइन त्य स्तै स्त्रीको चित्त तानेर लिने पनि पुरूषको रूप, शब्द आदि हो भनी तथागतले आज्ञा गर्नु भएको छ ।
नाहं भिक्खवे अञ्ञं एक रूपम्पि समनुपस्सामि यं एवं इत्थिया चित्तं परियादाय तिरुति यथयिदं भिक्खवे पुरिस रूपं ।
ब्रम्हचर्याको अर्थ राम्रोसंग जान्न सक्नु नै पञ्च काम गुण अनुसारले हो । साच्चै ब्रम्हचर्या भनेको त रूप, शब्द, गन्ध रस र स्पर्श नामको पाँच प्रकारको क्लेश कामबाट टाढा भै बस्नु हो । स्त्रीले पुरुषको रूप तिर, पुरुषले स्त्रीको रूप तिर प्रेमाशक्तिले हेर्न हुन्न किन भने माथि लेखिए अनुसार स्त्री पुरूष रूप आदिलाइ प्रमुख ठाउँ दिइराखे कै संसारमा अन्य रूप भन्दा स्त्री–पुरूषको रूप उनीहरूको चित्त आकर्षित चीज भएकोले हो ।
यस्तो कारण भएकोले मात्र बुद्धले एकैचोटी नारीहरूलाई भिक्षुणी बन्न अनुमति दिन इच्छा नगर्नु भएको हो । चुलवग्ग पालिमा भिक्खुणिक्खन्धमा देखिएको कथा यस्तो छ— एकदिन कपिलवस्तु नगरमा महाप्रजापति गौतमीले नारीहरूलाई पनि प्रव्रजित (भिक्षुणी) हुने समानधिकार प्राप्त हुनु पर्दछ भनी बुद्धसंग प्रार्थना गरिन् । तर वहाँले अनुमति दिनु भएन । अनि गौतमीले दोश्रो तेश्रो पटकसम्म प्रार्थना गर्दा पनि आज्ञा लिन सकेनन् । त्यसपछि गौतमी निराश भएर रूँदै गईरही ।
आनन्द स्थविरले देख्नु भो र गौतमी संग सोध्नु भयो— किन के भयो कुरा सुन्ने वित्तिकै गौतमीलाई एकछिन पर्खाइ भगवान बुद्धकहाँ गएर प्रजापति गौतमीको शोक र दुःखको सबै कुरा सुनायो । नारीहरूलाई पनि प्रव्रज्या दिने अनुमति दिनु हो भनी याचना ग¥यो ।
बुद्धले तीन पटक सम्म पनि अ स्वीकार गर्नु भयो । अनि आनन्द भन्तेले अर्कै प्रकारले तर्क गरेर – भन्ते, के नारीहरूले तथागतको शासनमा प्रव्रजित भएर मार्ग फल वा निर्वाण प्राप्त गरी लिन शक्तैनन् ?
आनन्द , नारीहरूले पनि तथागतको संघमा भित्रेर प्रव्रजित भएर मार्गफल आदि प्राप्त गरी लिन शक्तछन् ।
त्यसो भए तपाईलाई पालन पोषण गरिराख्ने महाप्रजापति गौतमीलाई प्रव्रजित हुन अनुमति दिनु होस् । त्यसा भए तथागतको शासनमा प्रव्रज्या र उपसम्पदा लाभ गरर लिनेलाई गौतमीले “गरू धम” (महान शर्त ) आठ वटा स्वीकार गर्नु पर्छ अनि मात्र संघमा प्रवेश हुन सक्छ । गौतमीले त्यो आठप्रकारको गरू धर्म शिरोपर गरेकोले प्रव्रज्या र उपसम्पदा प्राप्त गरेर लिई । तैपनि नारीहरू पनि प्रव्रजित भएकोले बौद्ध धर्म जति रहनुपर्दथ्यो । त्यस्को आधा समय सम्म भन्दा बढता टिक्न सक्दैन भन्ने, बुद्धको विचार हो ।
त्यसो किन भएको भने बुद्ध कालीन नारीहरू अशिक्षित मात्र होइन दुर्वल जाति पनि भैरहेथ्यो । शिक्षित समुदायमा पनि नारी जाति प्रति नराम्रो दृष्टि वा गलत धारणा भइ रहेको थियो । आजकाल पनि छ । तैपनि बुद्धले नारीहरूलाई समानधिकार स्वतन्त्र दिनु भएको यो महान क्रान्तिकारी कदम मात्र होइन प्रशंसनीय र सराहनीय समेत छ । अनुकरणीय त आवश्यक नै भन्दा पनि अत्युक्ती न होला । त्यसैले यो एउटा धार्मिक जगतमा ऐतिहासिक स्वतन्त्रता भनेर हामीले स्वीकार गर्न सक्छौ ।
बुद्ध धर्ममा कतै कतै पति पत्निको बारे तथा उनीहरूको ब्यवहारको लागि धेरै नियम उपनियम बनाइराखेको छ, चर्चा गरि राखेको छ, तर त्यहाँ कहि पनि यस्तो भनि राखेको छैन कि पत्नीले पतिकै मात्र आज्ञा पालन गर्नुपर्दछ । बरू पतिको निमित अवश्य आदश दिइराखेको छ कि पतिले आफ्नी पत्नीको विश्वास पात्र हुनु पर्दछ, आफ्नी जहानको आदर गर्नु पर्दछ । पत्निको लागि पति व्रत धर्मको पालन गर्न र ब्यर्थखर्च नगर्ने शिक्षा दिइराखेको छ ।
नारीहरूलाई यस्तो पनि भनिराखेको छ कि उनीहरूले आफ्नो घरेलु कार्यमा (घरायसी धन्दा) इमान्दारी, बुद्धिमता र उद्योग शीलता दर्शाउनु पर्दछ । अल्सी र मिचाहा भएर बस्न हुन्न ।
एकदिनको कुरो हो कोसल राजा गौतम बुद्ध कहाँ उपदेश सुन्दै हुनु हुन्थ्यो । त्यहाँ राजदरवारबाट सिपाही एकजना आएर एउटा संदेश दियो । कोसल राजाले संदेश पढी सकेपछि अध्यारो मुख राख्यो । शीर निहुरायो ।
गौतम बुद्धले कोसल राजाको मुख अँध्यारो भएको किन भनेर सोध्नु भयो ।
कोसल राजाले चीसो सासफेरी भन्यो— भन्ते, महारानी मल्लिका देवीवाट छोरी जन्मिन् भन्ने संदेश आयो । छोरा पाउँछ भन्ने आशा लिइराखेको थिए , निराश भएर शीर निहुराएको हुँ ।
अनि तथागतले आज्ञा गर्नु भो– महाराज, कुनै कुनै स्त्रीहरू पुरूष भन्दा बुद्धिमान, शीलवती, सासु–ससुराको सेवा गर्ने तथा प्रतिव्रता हुन्छ । त्यसैले राम्रोसंग पालन पोषण गर्नुहोस् । त्यति मात्र होइन आफ्नो देशको रक्षा गर्नलाई शुर वीर भएका बालकहरू स्त्रीहरूबाटै जन्मछन् । त्यस्तै असल नारीहरूको सन्तानहरूले राम्रो संग राज्य सञ्चालन भैराख्छ, अनुशासन पालन गर्छ ।
एवं प्रकारले सामाजिक उन्नतिको लागि आमा भन्नुपर्ने नारीजगतलाई उच्च स्थानमा राख्नुभएको कारण परम्परा देखि चलेर आएको छोरी जन्मनु नै अशुभ भन्ने मिथ्या भावना हटाउनलाई हो । छोरी जन्म्यो कि आमा–बावुको र समाजको हृदय संकुचित, टाउँको दुखाई आदि बानि सुधार गर्न तथागतले नविन पाइलो चाल्नु भएको हो ।