ललितपुरको बागमती गाउँपालिकामा रहेको धातु चैत्य विहारमा काठमाडौँ, ललितपुर, बनेपा लगायतका स्थानबाट गएका भिक्षु, अनागरिका, उपासक तथा उपासिकाहरुले विविध धार्मिक भ्रमण गरेका छन् । गएको मंगलवार त्यसतर्फ धार्मिक भ्रमणमा गएका करिब सय जनाले बुद्ध पूजाका साथै चंक्रमण ध्यान गरे ।

विश्व शान्ति विहारका प्रमुख भिक्षु बोधिज्ञान महास्थविरको नेतृत्वमा गएको समूहलाई स्थानीयले हार्दिकताका साथ स्वागत गरेका थिए । करिब ४ घण्टाको यात्रा पश्चात पुगेका समूहले विहारमा पूजाआजा गरेपछि एक घण्टाको चंक्रमण ध्यान गरेका थिए । बौद्ध धर्ममा अत्यन्तै महत्वपूर्ण रहेको चंक्रमण ध्यानले मानिसको शरिर र चित्त स्थिर राख्न मद्दत पु¥याउने भिक्षु भद्दिय महास्थविरले बताउनु भयो ।
एक घण्टाको चंक्रमण ध्यान सकिएपछि बुद्ध पूजा गरिएको थियो । २०५६ सालमा स्थापित धातु चैत्यले माझखण्डको शोभा बढाएको मात्रै छैन, यस क्षेत्रमा बौद्ध धर्म र दर्शनको प्रवद्र्धनमा समेत योगदान दिइरहेको छ ।



