बुद्धवचनको तेस्रो वार्षिकोत्स मनाइयो, ग्याल्वो ल्होसारमा अष्ट श्राहस्रिका पारमिता सार्वजनिक गरिने

भोट भाषामा रहेको प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गरिरहेको बुद्ध वचन अनुवाद समिति स्थापनाको तेस्रो वर्ष पुरा भएको छ । आइतबार बौद्धमा एक कार्यक्रम गरी अनुवाद समितिको तेस्रो वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सव कार्यक्रममा बुद्धवचन अनुवाद समितिमा आवद्ध रिन्पोछे, खेन्पो, लामाहरु सहित उपासक उपासिका सहभागि भएका थिए ।

वार्षिकोत्सव कार्यक्रममै समितिका संयोजक टीका शेर्पाले प्रज्ञा पारमिता अनुवादको काम करिब ८० प्रतिशत सम्पन्न भएको जानकारी दिए । यही आउँदो ग्याल्वो ल्होसारको अवसर पारेर प्रज्ञा पारमितामध्ये अष्ट श्राहस्रिका प्रज्ञा पारमिता सार्वजनिक गरिने पनि उनले बताए ।

Share

Related posts

Leave a Comment