बौद्ध जोरपाटीमा रहेको रोयल सेतो गुम्बाको स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा रजत जयन्ती कार्यक्रम गरि मनाइने भएको छ । १९९३ मा परम पुजनीय धर्म गुरु मास्टर कर्मा तन्पाई ग्याल्छेन ज्यूले स्थापना गरी बौद्ध दर्शनको शिक्षा प्रदान गर्दै आएको सेतो गुम्बाको गौरवमय २५ वर्ष पुगेको उपलक्ष्यमा मंसीर २८ गते देखि पुष १ गते तीन दिन सम्मका लागि विभिन्न कार्यक्रमहरु गरिने तया भएको छ ।

मंसीर २८ गते कोन्छोग चिदुक छोग तथा दीप प्रज्वलन, २९ गते तारा पूजा, रिन्पोछेलाई मण्डल अर्पण तथा दीर्घायु प्रार्थना सहित कोन्छोग चिदुक छेवाङ र पुष १ धुप अर्पण सहित औपचारिक कार्यक्रम गरिने बताइएको छ । कार्यक्रमको अन्तिम दिन पुष १ गते हुने औपचारिक कार्यक्रममा विभिन्न हिमाली समुदायको साँस्कृतिक प्रस्तुति समेत रहनेछ ।
जोरपाटी स्थित गुम्बाको प्राङगणमा हुने कार्यक्रममा सबै श्रदालु भतmजनहरुलाई निमन्त्रणा समेत गरिएको छ । कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गर्न रोयल सेतो गोन्पाका प्रमुख गुरु कर्मा तान्पेई ग्याल्छेन रिन्र्पोछेको आदेशमा मंसिर २२ गते शनिबार बसेको बैठकले उप– समिति नै गठन गरेर कार्यक्रमको तयारी तिब्र पारिएको रजत जयन्ती कार्यक्रम संयोजक आचार्य कर्मा रिन्जीन शेर्पाले जानकारी दिए । गोन्पाले आफ्नो स्थापना कालदेखि नै युवा तथा वृद्ध भिक्षु भिक्षुणीहरुलाई नि.शुल्क रुपमा बौद्ध दर्शन शिक्षा प्रदान गर्दै आइरहेको छ ।




Useful information! How do you verify quality when it comes to peptide research trends?