नेपाली मूर्तिकलाको विश्व कीर्तिमान : ९ सय वर्ष पुरानो मञ्जुश्रीको मूर्ति हङकङमा २६५ करोडमा बिक्री

१६ कार्तिक,काठमाडौं: करिब नौ सय वर्षअघि नेपाली कलाकारले निर्माण गरेको बोधिसत्व मञ्जुश्रीको दुर्लभ मूर्ति हङकङमा आयोजित अन्तर्राष्ट्रिय लिलामीमा करिब दुई अर्ब ६५ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ । नेपालको मध्यकालीन नेवार मूर्तिकला परम्परामा निर्मित उक्त मूर्तिले हिमाली क्षेत्रको सुनको जलप लगाइएको कांस्य मूर्तिकलाको लिलामीमा नयाँ विश्व कीर्तिमान कायम गरेको छ । विश्वप्रसिद्ध लिलामी संस्था क्रिस्टीजले ३० अक्टोबरमा हङकङमा आयोजना गरेको विशेष लिलामीमा उक्त मूर्ति १३ करोड ७३ लाख ५० हजार हङकङ डलरमा बिक्री भएको हो । यो रकम एक करोड ७५ लाख सात हजार ९७६ अमेरिकी डलर बराबर हो…

Read More

वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेतीमा रमाउँदै रोशन

६ कात्तिक,सुनसरी: वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्। सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर रु ५० हजार लगानीमा च्याउखेती सुरु गरेका हुन्। विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने सोचले सुरु गरेको व्यवसायबाट अहिले सबै खर्च कटाएर वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी हुने गरेको उनले बताएका छन्। च्याउखेती सुरु गरेको वर्षमा घाटा व्यहोर्नुपरे पनि पछिल्लो समय आम्दानी बढ्दै गएको गुप्ताले बताए। अहिले करिब छ कट्ठा क्षेत्रफलमा छवटा टनेल निर्माण गरी च्याउखेती गर्दै…

Read More

देवदहमा तीन महिने कथिन चीवर दान सम्पन्न

१६ कात्तिक,रूपन्देही: रुपन्देहीको देवदहमा कथिन चीवर दान कार्यक्रम आयोजना गरिएको छ । यशोधरा भिक्षुणी विहार देवदह र त्रिरत्न वन्दना पुचः बुटवलको संयुक्त आयोजनामा आइतबार तीनमहिने वर्षावास पूरा गरेका भिक्षु तथा भिक्षुणीलाई पहिलो पटक कथिन चीवर दान गरिएको हो । विहार व्यवस्थापन समितिका सचिव तिलविक्रम बुढाथोकीका अनुसार कार्यक्रममा २० जना भिक्षु तथा भिक्षुणी सहभागी थिए । विहारमा श्रीलङ्काका चन्दनन्द भन्ते र अमेरिकाका श्रामणेर सुमनाले वर्षावास गरेका थिए । कार्यक्रममा देवदह, बुटवल, काठमाडौँलगायत देशका विभिन्न स्थान तथा भूटानबाट आएका उपासक–उपासिकाको सहभागिता रहेको थियो । स्थानीय पत्रकार विष्णु पोखरेलले बुद्ध शिक्षाले मानव जीवनमा…

Read More

लुम्बिनीमा आजदेखि साताव्यापी अन्तर्राष्ट्रिय बुद्धवचन पाठ, विभिन्न भाषामा बुद्धका उपदेश वाचन

प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा सात दिनसम्म बुद्धवचन पाठ, विश्वभरका बौद्ध साधकलाई अनलाइनबाट पनि सहभागी हुने अवसर १५ कार्तिक,लुम्बिनी: बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम सुरु हुने तालिका छ । प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजित कार्यक्रममा विश्वका विभिन्न देशका बौद्ध भिक्षु, भिक्षुणी, विद्वान तथा साधकहरूले बुद्धका उपदेश सामूहिक रूपमा वाचन गर्नेछन् । लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ अर्थात् ‘थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल’मा आयोजना भएको उक्त कार्यक्रम ७ दिन सम्म सञ्चालन हुनेछ । कार्यक्रममा पाली, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी र अङ्ग्रेजीलगायत विभिन्न भाषामा…

Read More

भुटानमा ४० हजारभन्दा बढी स्वयंसेवकले बनाए १०८ बौद्ध स्तूप, माइन्डफुलनेस सिटी निर्माणमा ऐतिहासिक अभियान

एकै दिन १५ मिटर अग्ला १०८ स्तूप निर्माण, करिब दुई लाख मानिसको सहभागिता । आध्यात्मिकता, प्रकृति संरक्षण र आर्थिक समृद्धिलाई जोडेर नयाँ सहर बनाउँदै भुटान १५ कार्तिक, काठमाडौं: हिमाली मुलुक भुटानले आध्यात्मिकता र आधुनिक विकासलाई एकसाथ अघि बढाउने आफ्नो महत्त्वाकाङ्क्षी योजनाअन्तर्गत आइतबार ऐतिहासिक सामूहिक निर्माण अभियान सम्पन्न गरेको छ । दक्षिणी भुटानको गेलेफुमा ४० हजारभन्दा बढी स्वयंसेवकले एकै दिन १०८ वटा विशाल बौद्ध स्तूप निर्माण गरेका छन् । भारतसँग सीमा जोडिएको गेलेफु क्षेत्रमा निर्माणाधीन ‘गेलेफु माइन्डफुलनेस सिटी’ परियोजनाअन्तर्गत यी स्तूप बनाइएका हुन् । प्रत्येक स्तूप १५ मिटर अग्लो छ ।…

Read More

धान फल्ने खेतमा फूलखेती

१५ कात्तिक,भद्रपुर: धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब रु ५० हजारको उत्पादन हुने जमिनमा फूलखेती गरेर रु १० देखि १२ लाखसम्मको कारोबार गर्ने लक्ष्यसहित बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसान फूलखेतीमा जुटेका छन् । विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक प्रयासमा १० कट्ठा जमिनमा सयपत्रीखेती गरेका हुन् । ‘कृषि कम्पास’ समूह गठन गरेर सुरु गरिएको उनीहरूको यो प्रयास परम्परागत खेतीको विकल्प खोजिरहेका किसानका लागि नयाँ सम्भावना बनेको छ । समूहले उक्त जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेको थियो ।…

Read More

बुद्धका पवित्र अस्थिधातु आजदेखि भारतमा सार्वजनिक दर्शनका लागि, नेपालसहित विभिन्न देशका बौद्ध विद्वान सहभागी हुने

पिप्रहवामा भेटिएका बुद्धका अवशेष अरुणाचल प्रदेशका तीन बौद्ध केन्द्रमा प्रदर्शन गरिँदै, प्राचीन कपिलवस्तु र शाक्य इतिहासबारे पनि चर्चा १४ कार्तिक,काठमाडौं: गौतम बुद्धसँग सम्बन्धित पवित्र अस्थिधातु आज शनिबारदेखि भारतको अरुणाचल प्रदेशमा सार्वजनिक दर्शनका लागि राखिने भएका छन् । भारतको नयाँदिल्लीस्थित राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरिएका यी अवशेष नोभेम्बर २० सम्म अरुणाचल प्रदेशका तीन प्रमुख बौद्ध केन्द्रमा प्रदर्शन गरिनेछन् । त्यसपछि नोभेम्बर २१ मा नयाँदिल्ली फिर्ता लगिनेछ । भारत सरकारको संस्कृति मन्त्रालयका अनुसार उत्तर प्रदेशको पिप्रहवामा उत्खननका क्रममा भेटिएका बुद्धसँग सम्बन्धित अवशेषहरू तवाङ, बोमडिला र नामसाईका बौद्ध विहारमा सार्वजनिक दर्शनका लागि राख्न लागिएको…

Read More

मनलाई प्रशिक्षण दिने कला : अमेरिका र बेलायतमा बौद्ध ध्यानप्रति बढ्दो चासो

१४ कार्तिक,काठमाडौं: मानिसले बाहिरी संसारलाई नियन्त्रण गर्न अनेकौँ प्रविधि र साधन विकास गरेको छ । तर आफ्नै मनलाई नियन्त्रण गर्न भने उसलाई अझै कठिन भइरहेको छ । रिस, भय, चिन्ता, ईर्ष्या र असन्तोषले मानिसलाई बारम्बार विचलित बनाउँछन् । यस्तो अवस्थामा मनलाई कसरी बुझ्ने, नकारात्मक विचार र भावनाको प्रभावबाट कसरी मुक्त हुने तथा स्थायी आन्तरिक शान्ति कसरी प्राप्त गर्ने भन्ने विषयमा अमेरिका र बेलायतमा विशेष बौद्ध ध्यान कार्यक्रम आयोजना गरिएका छन् । अन्तर्राष्ट्रिय कदाम्पा बौद्ध सङ्घले शुक्रबार (३० अक्टोबर) सार्वजनिक गरेको विवरणअनुसार अमेरिकाको ग्रान्ड क्यान्यनस्थित अन्तर्राष्ट्रिय कदाम्पा रिट्रिट सेन्टर र बेलायतको…

Read More

ध्यानले कसरी बदल्छ अशान्त मस्तिष्कको बनोट ?

१२ कार्तिक,काठमाडौं: मनलाई शान्त राख्ने प्राचीन पूर्वीय ध्यान पद्धति र आधुनिक पश्चिमा मनोविज्ञान दुबैले एउटै परिणाम दिने एक अनुसन्धानले देखाएको छ । हालै चिकित्सा विज्ञानको प्रतिष्ठित जर्नल ‘जामा साइकियाट्री’ मा प्रकाशित एउटा महत्त्वपूर्ण अनुसन्धानले यसको बलियो वैज्ञानिक प्रमाण फेला पारेको छ । उक्त अनुसन्धानका अनुसार ध्यान र संज्ञानात्मक व्यवहार चिकित्सा (सीबीटी) दुवैले सामाजिक चिन्ता भएका मानिसहरूको मस्तिष्कको बनोट र कार्यप्रणालीमा सकारात्मक परिवर्तन ल्याउँछन् । त्यसो त, लामो समयदेखि मनोवैज्ञानिकहरू र दार्शनिकहरूबीच मनलाई कसरी स्वस्थ राख्ने भन्नेबारे बहस हुँदै आएको छ । पश्चिमा मनोविज्ञानले मानिसको सोच्ने तरिका वा विचारलाई सुधार्न जोड…

Read More

न्याय प्रणाली जनमैत्री भए मात्रै न्यायपालिकाप्रति विश्वास बढ्छ : प्रधानन्यायाधीश शर्मा

१३ कात्तिक काठमाडौं: प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायमा पहुँच सहज र प्रभावकारी बनाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था बढ्ने बताएका छन्। सर्वोच्च अदालतले आज आयोजना गरेको ‘न्यायमा पहुँचसम्बन्धी संवाद’ कार्यक्रममा उनले नागरिकले सहज रूपमा न्याय प्राप्त गर्न सक्ने वातावरण बनेमा मात्र न्यायालयप्रतिको विश्वास बढ्ने बताएका छन् । प्रधानन्यायाधीश शर्माले न्यायमा पहुँच संवैधानिक अधिकार भएकाले त्यसलाई व्यवहारमा सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे। न्याय प्रणालीलाई थप समावेशी, पहुँचयोग्य र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिँदै उनले नागरिकले आफ्नो अधिकारको संरक्षण र न्यायिक उपचार सहज रूपमा प्राप्त गर्न सकेमा मात्र संवैधानिक अधिकारको वास्तविक कार्यान्वयन…

Read More