२७ कात्तिक: जापानमा बौद्ध दर्शन, बुद्धका उपदेश तथा आध्यात्मिक शिक्षालाई नयाँ पुस्तामाझ पुर्याउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत धार्मिक शिक्षा र आधुनिक प्रविधिबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले जापानका बौद्ध समुदाय तथा प्रविधि विकासकर्ताले एआईमा आधारित संवादात्मक सेवा, डिजिटल अध्ययन सामग्री र भर्चुअल सहायक विकास गरिरहेका छन् । यस्ता प्रविधिले बौद्ध दर्शनमा रुचि राख्ने व्यक्तिलाई जुनसुकै समयमा आफ्नो जिज्ञासा राख्न र बुद्धका शिक्षाबारे जानकारी लिन सहज बनाउने अपेक्षा गरिएको छ । जापानमा चर्चामा आएको ‘बुद्धबोट प्लस’ यस्तै एक एआईमा आधारित संवादात्मक सेवा हो । यसमार्फत प्रयोगकर्ताले…
Read MoreCategory: समाचार
बोमडिलामा बुद्धका पवित्र अस्थिधातुको दर्शन गर्न श्रद्धालुको भीड
२५ कार्तिक काठमाडौं: भारतको अरुणाचल प्रदेशस्थित बोमडिलाको थुबचोग गात्सेल लिङ गुम्बामा भगवान् गौतम बुद्धका पवित्र अस्थिधातु सार्वजनिक दर्शनका लागि राखिएको छ । नोभेम्बर ८ देखि सुरु भएको दर्शन कार्यक्रममा श्रद्धालुको उल्लेख्य सहभागिता देखिएको छ । पहिलो दुई दिनमै ११ हजार ९६९ जनाले बुद्धका पवित्र अस्थिधातुको दर्शन गरेका छन् । बुद्धका पवित्र अस्थिधातुको दर्शन गर्न स्थानीय बौद्ध धर्मावलम्बीसहित भारतका विभिन्न राज्यबाट श्रद्धालु बोमडिला पुगेका छन् । दर्शनका लागि गुम्बा परिसरमा विशेष व्यवस्था मिलाइएको छ । बुद्धका अस्थिधातुको दर्शनबाट पुण्य प्राप्त हुने, मनमा शान्ति र आध्यात्मिक ऊर्जा प्राप्त हुने धार्मिक विश्वासका कारण…
Read Moreडिजिटल युगमा कालाम सुत्तको सान्दर्भिकता
२४ कार्तिक,काठमाडौं: सूचना र प्रविधिको तीव्र विकाससँगै विश्व समुदाय यतिबेला सत्य र असत्य सूचनाबीचको भिन्नता छुट्याउने चुनौतीसँग जुधिरहेको छ । सामाजिक सञ्जाल तथा डिजिटल सञ्चार माध्यमबाट गलत सूचना र नियोजित दुष्प्रचार तीव्र गतिमा फैलिँदा मानिसहरू भ्रमित हुने, अपुष्ट कुरालाई सत्य ठान्ने र त्यसैका आधारमा धारणा बनाउने प्रवृत्ति बढ्दै गएको छ । यस्तो अवस्थामा भगवान् गौतम बुद्धले करिब २६ सय वर्षअघि दिनुभएको विवेकपूर्ण चिन्तनको शिक्षा कालाम सुत्तु पुनः चर्चामा आएको छ । नोभेम्बर १० अर्थात् विश्व शान्ति तथा विकासका लागि विज्ञान दिवसका अवसरमा बुद्धको यही शिक्षालाई आधुनिक समाजसँग जोडेर हेर्न थालिएको…
Read Moreलुम्बिनीमा त्रिपिटक पाठको तयारी तीव्र, नोभेम्बर १४ देखि तीनदिने कार्यक्रम
२३ कार्तिक,लुम्बिनी: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक पाठ कार्यक्रम आयोजना हुने भएपछि तयारी तीव्र पारिएको छ । आगामी नोभेम्बर १४ देखि १६ गतेसम्म सञ्चालन हुने तीनदिने धार्मिक कार्यक्रममा सहभागी हुने भिक्षु, लामा, आनी तथा बौद्ध धर्मावलम्बीको स्वागतका लागि लुम्बिनी क्षेत्र सजाउन थालिएको छ । कार्यक्रम लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आयोजना गरिनेछ । लुम्बिनी विकास कोषका अनुसार कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन मायादेवी मन्दिर परिसर तथा आसपासका क्षेत्रमा आवश्यक तयारी भइरहेको छ । कार्यक्रमका लागि मन्दिर परिसरलाई विशेष रूपमा सजाउने काम भइरहेको छ । कार्यक्रममा सहभागी हुने भिक्षुहरूलाई निःशुल्क…
Read Moreबुद्धका पवित्र अवशेष दर्शन गर्न भारतमा ३१ हजारभन्दा बढी श्रद्धालु
२३ कात्तिक, काठमाडौं: भगवान् गौतम बुद्धका पवित्र अवशेषको दर्शनप्रति भारतमा श्रद्धालु तथा पर्यटकको आकर्षण बढ्दै गएको छ । भारतको अरुणाचल प्रदेशस्थित तवाङ गुम्बामा बुद्धका पवित्र अवशेषको दर्शन गर्न सात दिनको अवधिमा ३१ हजारभन्दा बढी श्रद्धालु तथा पर्यटक पुगेका छन् । बौद्ध धर्मावलम्बीका साथै विभिन्न धर्म र समुदायका मानिससमेत अवशेष दर्शनका लागि पुगेपछि यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व थप उजागर भएको छ । तवाङ गुम्बामा बुद्धका पवित्र अवशेष सार्वजनिक दर्शनका लागि राखिएपछि त्यहाँ श्रद्धालुको उल्लेख्य उपस्थिति देखिएको थियो । बुद्धप्रति आस्था राख्ने मानिसहरूले अवशेषको दर्शन गर्दै श्रद्धा, भक्ति र सम्मान…
Read Moreलुम्बिनीमा छोकी निमा रिन्पोछेको नेतृत्वमा ४६औँ शरदकालीन धर्मशिक्षा कार्यक्रम सुरु
२२ कार्तिक लुम्बिनी: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा सञ्चालन भइरहेको ४६औँ वार्षिक शरदकालीन धर्मशिक्षा कार्यक्रमको दोस्रो चरण नोभेम्बर ८ देखि सुरु हुँदैछ । नोभेम्बर १० सम्म सञ्चालन हुने यस कार्यक्रममार्फत बौद्ध दर्शन, ध्यान, साधना तथा आध्यात्मिक अभ्याससम्बन्धी शिक्षा प्रदान गरिनेछ । अन्तर्राष्ट्रिय बौद्ध समुदायको सहभागिता रहने यस कार्यक्रमले लुम्बिनीलाई बौद्ध अध्ययन, चिन्तन र आध्यात्मिक अभ्यासको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा थप परिचित गराउने अपेक्षा गरिएको छ । कार्यक्रममा बौद्ध दर्शनका आधारभूत मान्यता, बुद्धका उपदेश, मनको स्वभाव, चेतनाको विकास, करुणा, मैत्री र प्रज्ञाको अभ्यासलगायतका विषयमा अध्ययन…
Read Moreजापानको कोटोकु–इन मन्दिरमा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान महोत्सव आयोजना
२२ कार्तिक, काठमाडौं: जापानको कामाकुरा सहरस्थित प्रसिद्ध विशाल बुद्ध प्रतिमा रहेको कोटोकु–इन मन्दिर परिसरमा आज नोभेम्बर ८ मा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान महोत्सव आयोजना हुँदैछ । बौद्ध सम्पदा, कला, संस्कृति र विभिन्न देशका परम्परालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । जापानको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिर परिसरमा हुने यस कार्यक्रमले अन्तर्राष्ट्रिय सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । महोत्सवमा विभिन्न देशका सांस्कृतिक प्रस्तुति, परम्परागत कला, भेषभूषा, संगीत तथा सांस्कृतिक पहिचान झल्काउने गतिविधि समावेश गरिएका छन् । सहभागी देशका प्रतिनिधिहरूले आ–आफ्नो मौलिक संस्कृति र परम्परा…
Read Moreपाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
२२ कात्तिक,भोजपुर: भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण थप बढेको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचधारेलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकारले धार्मिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । पाँचधारेलाई समग्र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘पाँच धाम’ निर्माणको अवधारणा अघि सारेर काम भइरहेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिएका छन् । स्तुपा निर्माणसँगै पर्यटकको सहज आवागमनका लागि सिँढीसहितको पदमार्गसमेत निर्माण…
Read Moreतिब्बती बौद्ध भिक्षुणीहरूको शैक्षिक उपलब्धि : सन् २०२६ मा ३३ जनाले प्राप्त गरे गेशेमा उपाधि
२१ कार्तिक,काठमाडौं: तिब्बती बौद्ध परम्परामा महिलाको धार्मिक तथा शैक्षिक सहभागिता विस्तार हुँदै गएको छ । बौद्ध दर्शन, धर्मग्रन्थ र तर्कशास्त्रको लामो अध्ययनपछि भिक्षुणीहरूले उच्च शैक्षिक उपाधि हासिल गर्ने क्रमले नयाँ उपलब्धि थपिरहेको छ । सन् २०२६ मा ३३ जना तिब्बती बौद्ध भिक्षुणी गेशेमा उपाधि प्राप्त गर्न सफल भएको समाचारले बौद्ध शिक्षामा महिलाको बढ्दो उपस्थितिलाई उजागर गरेको छ । गेशेमा तिब्बती बौद्ध परम्परामा भिक्षुणीहरूले हासिल गर्ने उच्च शैक्षिक उपाधि हो । यो उपाधि प्राप्त गर्न वर्षौँसम्म बौद्ध दर्शन, विनय, अभिधर्म, प्रज्ञापारमिता, मध्यमक तथा बौद्ध तर्कशास्त्रलगायत विषयको गहन अध्ययन गर्नुपर्छ । अध्ययनसँगै…
Read Moreलुम्बिनीमा विश्वशान्तिको कामनासहित पाँचदिने ताक्लुङ काग्यु महाप्रार्थना महोत्सव सम्पन्न
१२ कार्तिक,लुम्बिनी: विश्वशान्ति, मानव कल्याण र सम्पूर्ण प्राणी जगतको सुख, शान्ति तथा दीर्घायुको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आयोजना गरिएको पाँचदिने ताक्लुङ काग्यु राष्ट्रिय महाप्रार्थना महोत्सव शुक्रबार सम्पन्न भएको छ । तिब्बती बौद्ध परम्पराअनुसार आयोजना गरिएको महोत्सवमा मानवसहित सम्पूर्ण जीवजन्तुको रक्षा, हित र कल्याणका लागि महान् प्रणिधान प्रार्थना गरिएको थियो । महायानी तथा तिब्बती बौद्ध परम्परामा विशेष महत्त्व राख्ने उक्त प्रार्थना बौद्ध धर्मावलम्बीले विषेस रूपमा पाठ गर्ने प्रार्थनामध्ये एक मानिन्छ । महोत्सवका क्रममा काठमाडौंका तीन प्रतिष्ठित गुरु फडो रिम्पोछे, माफ्तो रिम्पोछे र छेम्टो रिम्पोछेले सहस्र बुद्धको अभिषेक तथा धर्मोपदेश…
Read More