३० कार्तिक, काठमाडौं: अन्तर्राष्ट्रिय सहिष्णुता दिवस विश्वभर विभिन्न धर्म, संस्कृति, भाषा, विचार र समुदायबीच आपसी सम्मान, सहअस्तित्व तथा समझदारी प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । यस अवसरमा भगवान् गौतम बुद्धका शान्ति, करुणा, मैत्री र सहिष्णुतासम्बन्धी शिक्षाको सान्दर्भिकता थप महत्त्वपूर्ण देखिएको छ । विविधताबीच एकता कायम गर्न र सामाजिक सद्भाव प्रवर्द्धन गर्न बुद्धका उपदेशले महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्छन् । बुद्धले मानिसलाई अरूको विचार, व्यवहार र कमजोरीप्रति तत्काल प्रतिक्रिया जनाउनुभन्दा धैर्यपूर्वक बुझ्न र विवेकपूर्ण व्यवहार गर्न सिकाउनुभएको छ । उहाँका अनुसार क्रोध, घृणा, अहंकार र पूर्वाग्रहले मानिसबीच दूरी बढाउँछन् भने मैत्री,…
Read MoreCategory: समाचार
बाढीपीडितको राहतका लागि भियतनाम बौद्ध सङ्घ र ड्रुक्पा भिक्षुणी संस्थाद्वारा १ करोड ७१ लाख सहयोग
२९ कार्तिक,काठमाडौं: नेपालमा बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय बौद्ध समुदायले आर्थिक सहयोग उपलब्ध गराएको छ । भियतनाम बौद्ध सङ्घ र नेपालका ड्रुक्पा कुङ्फु भिक्षुणीहरूको संस्थाले संयुक्त रूपमा १ करोड ७१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् । बौद्ध धर्मको करुणा, मैत्री र परोपकारको भावनालाई व्यवहारमा उतार्दै विपत्तिमा परेका नेपाली नागरिकलाई सहयोग गरिएको हो । उपलब्ध विवरणअनुसार भियतनाम बौद्ध सङ्घले १ करोड ५० लाख रुपैयाँ र ड्रुक पेमा कार्पो संस्थाले २१ लाख रुपैयाँ सहयोग गरेका छन् । दुवै संस्थाबाट प्राप्त रकम…
Read Moreलुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन, १८ देशका ७०० भन्दा बढी बौद्ध धर्मावलम्बी सहभागी
२९ कात्तिक, काठमाडौं: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम सुरु भएको छ । मायादेवी मन्दिर परिसरमा नोभेम्बर १४ देखि सुरु भएको तीनदिने कार्यक्रममा विभिन्न १८ देशका करिब ७०० भिक्षु, भिक्षुणी, लामा, आनी तथा बौद्ध धर्मावलम्बी सहभागी भएका छन् । नेपालमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध आध्यात्मिक गतिविधिको केन्द्रका रूपमा थप स्थापित गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बौद्ध धर्मका प्रमुख ग्रन्थ त्रिपिटकमा समेटिएका बुद्धका उपदेश, दर्शन तथा शिक्षाहरू सामूहिक रूपमा वाचन गरिँदैछ । त्रिपिटकलाई बौद्ध धर्मको आधारभूत धर्मग्रन्थ मानिन्छ । यसमा बुद्धका प्रवचन, भिक्षु…
Read Moreविश्वशान्तिका लागि तीन देशका २०० बौद्ध प्रतिनिधिको सामूहिक प्रार्थना
२९ कार्तिक काठमाडौं: दक्षिण कोरियाको ऐतिहासिक बुल्गुक्सा बौद्ध मन्दिरमा कोरिया, चीन र जापानका करिब २०० बौद्ध प्रतिनिधिहरूले विश्वशान्ति, आपसी सद्भाव र मानव कल्याणको कामना गर्दै सामूहिक प्रार्थना गरेका छन् । तीन देशका बौद्ध समुदायबीच धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । २६औँ कोरिया–चीन–जापान बौद्ध मैत्री आदानप्रदान सम्मेलनअन्तर्गत आयोजित कार्यक्रममा तीनवटै देशका बौद्ध धर्मगुरु, भिक्षु, बौद्ध संस्थाका प्रतिनिधि तथा धार्मिक अभियन्ताहरूको सहभागिता रहेको थियो । सम्मेलनले एसियाली बौद्ध परम्पराको साझा विरासतलाई संरक्षण गर्दै आपसी सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको छ । कार्यक्रममा…
Read Moreअन्तर्राष्ट्रिय बौद्ध समुदायको आकर्षण बन्दै लुम्बिनी, पर्यटकको चहलपहल बढ्दै
२८ कात्तिक, काठमाडौं: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो दुई सातादेखि सञ्चालन भएका अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना, धार्मिक अनुष्ठान तथा धर्मशिक्षासम्बन्धी कार्यक्रमले धार्मिक पर्यटनमा नयाँ उत्साह थपेको छ । विभिन्न देशबाट आएका भिक्षु, भिक्षुणी, बौद्ध धर्मगुरु, अध्येता तथा श्रद्धालुहरूको उपस्थितिले लुम्बिनीको धार्मिक तथा सांस्कृतिक वातावरण थप जीवन्त बनेको छ । लुम्बिनीमा पछिल्लो समय विश्वशान्ति मोन्लम प्रार्थना, तक्लुङ काग्यु राष्ट्रिय महाप्रार्थना महोत्सव र दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठजस्ता महत्वपूर्ण कार्यक्रम आयोजना भएका छन् । यस्ता कार्यक्रमले बुद्धको शान्ति, करुणा, मैत्री र अहिंसाको सन्देशलाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउनुका साथै लुम्बिनीलाई विश्व बौद्ध समुदायको साझा आध्यात्मिक…
Read Moreभारतको जयगाउँमा अविकृता वज्र रिन्पोछेको ऐतिहासिक गद्दीआरोहण
२७ कार्तिक: भारतको पश्चिम बङ्गालस्थित जयगाउँमा बौद्ध धर्मगुरु अविकृता वज्र रिन्पोछेलाई ४४औँ शाक्य त्रिजिनका रूपमा औपचारिक गद्दीआरोहण गराइएको छ। तिब्बती बौद्ध धर्मको महत्वपूर्ण परम्परामध्ये एक शाक्य सम्प्रदायका लागि यसलाई ऐतिहासिक धार्मिक घटनाका रूपमा हेरिएको छ। गद्दीआरोहण समारोहमा विभिन्न बौद्ध धर्मगुरु, भिक्षु, लामा, धार्मिक विद्वान् तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो। अविकृता वज्र रिन्पोछेको गद्दीआरोहण शाक्य फुन्छोक फोड्राङ परम्पराका लागि विशेष महत्वको मानिएको छ। उहाँ यस परम्पराबाट निर्वासनमा शाक्य त्रिजिनका रूपमा औपचारिक गद्दीआरोहण हुने पहिलो धर्मगुरु भएको बताइएको छ। यस घटनाले तिब्बती बौद्ध धर्मको परम्परागत धार्मिक नेतृत्व, गुरु–शिष्य सम्बन्ध र आध्यात्मिक उत्तराधिकारको…
Read Moreविश्व शान्तिको कामनासहित ह्वाइट गुम्बामा दीप प्रज्वलन, १० देशका बौद्ध धर्मगुरु सहभागी
२७ कार्तिक, काठमाडौं: काठमाडौंको नागार्जुनस्थित ह्वाइट गुम्बामा विश्व शान्ति, मानव कल्याण र दिवंगत आत्माको चिरशान्तिको कामनासहित दीप प्रज्वलन तथा सामूहिक प्रार्थना गरिएको छ । ११औँ वार्षिक ड्रुक्पा काउन्सिलमा सहभागी विभिन्न देशका बौद्ध धर्मगुरु, ‘कुङ्फु नन’का रूपमा परिचित ड्रुक्पा भिक्षुणी तथा अन्य सहभागीहरूले एकसाथ दीप प्रज्वलन गर्दै शान्तिको सन्देश प्रवाह गरेका हुन् । नोभेम्बर १३ देखि १७ सम्म पाँच दिन सञ्चालन हुने सम्मेलनमा भियतनाम, मलेसिया, सिंगापुर, ताइवान, इन्डोनेसिया, हङकङलगायत १० देशका बौद्ध धर्मगुरु तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ । सम्मेलनले बौद्ध दर्शन, आध्यात्मिक अभ्यास, धार्मिक एकता र विश्व शान्तिको प्रवर्द्धनमा जोड…
Read Moreमिंग्युर रिन्पोछेको ५०औँ जन्मोत्सव नोभेम्बर २० मा मनाइँदै
२६ कार्तिक, काठमाडौं : अन्तर्राष्ट्रिय रूपमा परिचित बौद्ध धर्मगुरु तथा ध्यान गुरु योङ्गे मिंग्युर रिन्पोछेको ५०औँ जन्मोत्सव आगामी नोभेम्बर २० मा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । उहाँको जन्मोत्सवलाई टेर्गर ध्यान समुदायले ‘५० वर्षको प्रबुद्ध आध्यात्मिक यात्रा’ भन्ने नारासहित मनाउने तयारी गरेको छ । यस अवसरमा विश्वका विभिन्न देशमा रहेका उहाँका अनुयायी, बौद्ध साधक तथा ध्यान समुदायका सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ । मिंग्युर रिन्पोछे तिब्बती बौद्ध धर्मको काग्यु र निङमा परम्पराका प्रतिष्ठित धर्मगुरु हुनुहुन्छ । उहाँले बौद्ध दर्शन, ध्यान, मानसिक शान्ति र सचेतनासम्बन्धी शिक्षालाई सरल भाषामा विश्व…
Read Moreजापानमा बुद्धका शिक्षा प्रवाह गर्न कृत्रिम बुद्धिमत्ताको प्रयोग बढ्दै
२६ कार्तिक : जापानमा बौद्ध दर्शन, बुद्धका उपदेश तथा आध्यात्मिक शिक्षालाई नयाँ पुस्तामाझ पुर्याउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत धार्मिक शिक्षा र आधुनिक प्रविधिबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले जापानका बौद्ध समुदाय तथा प्रविधि विकासकर्ताले एआईमा आधारित संवादात्मक सेवा, डिजिटल अध्ययन सामग्री र भर्चुअल सहायक विकास गरिरहेका छन् । यस्ता प्रविधिले बौद्ध दर्शनमा रुचि राख्ने व्यक्तिलाई जुनसुकै समयमा आफ्नो जिज्ञासा राख्न र बुद्धका शिक्षाबारे जानकारी लिन सहज बनाउने अपेक्षा गरिएको छ । जापानमा चर्चामा आएको ‘बुद्धबोट प्लस’ यस्तै एक एआईमा आधारित संवादात्मक सेवा हो । यसमार्फत…
Read Moreम्यानमारमा द्वन्द्वका कारण कथिन चीवर दान पर्व प्रभावित
२६ कार्तिक : म्यानमारको सागाइङ क्षेत्रमा जारी सैन्य द्वन्द्व र हवाई आक्रमणका कारण बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण धार्मिक पर्व कथिन चीवर दान प्रभावित भएको छ । सैन्य आक्रमणबाट गुम्बा तथा विहारहरूमा क्षति पुगेपछि त्यहाँ बसोबास गर्दै आएका भिक्षुहरू सुरक्षित स्थानको खोजीमा विहार छाड्न बाध्य भएका छन् । यसले वर्षावास पूरा गरेका भिक्षुहरूलाई चीवर तथा अन्य आवश्यक सामग्री दान गर्ने धार्मिक परम्परामा समेत अवरोध सिर्जना गरेको छ । नोभेम्बर ११ मा प्रकाशित समाचारअनुसार सागाइङ क्षेत्रमा भएका निरन्तर हवाई आक्रमण र ड्रोन हमलाका कारण यस वर्षका धेरै धार्मिक समारोह रद्द भएका छन् ।…
Read More