२०० सय जना नेपाली कुलपुत्रहरूबाट विहिबार ललितपुरमा भिक्षाटन तथा भोजनदान सम्पन्न भएको छ । हिरण्यवर्ण महाविहारको आयोजनामा भएको भिक्षाटन कार्यक्रम ललितपुरको हखा टोलबाटबाट सुरू भई इलाननी, हिरण्यवर्ण महाविहारमा समापन गरिएको थियो ।
भिक्षााटन सम्पन्न भएपछि भिक्षुसंघ सहित २०० सय कुलपुत्रहरूलाइ भोजन दान गरिएको थियो । बनेपालका प्रथम संघनायक “अरिय धमणमरक्खित नेपाल बुद्धशासन वंसाललंकार सिरि संघनायक अग्गमहापण्डित“ भदन्त प्रज्ञानन्द महास्थविर भन्तेको ११९ औं जन्म जयन्तीको अवसरमा १११९ जना नेपाली कुलपुत्रहरूलाई लुम्बिनीमा प्रब्रिजत गरिएको हो ।
थाइलाण्डको धम्मकाय फाउण्डेशनको आयोजनामा भएको सो कार्यक्रममा फागुन १८ गते देखि चैत्र ३ गते सम्म १११९ जना बौद्ध भिक्षुहरूलाई भिक्षाटन र भिक्षु जीवनको अभ्यास गराइएको छ । फागुन ३० गते काठमांण्डौ स्थित बौद्ध चैत्यमा मैनबत्ति बालिनेछ भने चैत्र २ टुंडीखेमा धम्म यात्रा र शान्ति प्रार्थना पछि १११९ जना बौद्ध भिक्षुहरूलाई चैत्र ३ गते प्रमाण पत्र प्रदान गरिनेछ र कार्यक्रम समापन हुनेछ ।
