लुम्बिनी विकास कोषले कपिलबस्तु क्षेत्रका बौद्ध सर्किटहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, योजना प्रमुख सरोज भट्टराई सहितको टोलीले प्राचिन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो । उक्त अवसरमा विश्वसम्पदा सूूचीकृतको तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एंव सगरहवालाई बौद्धकालिन पार्कका रुपमा विकास गर्न प्रस्तर राष्ट्रिय कार्यशालामा जुटन पदाधिकारीहरुले निर्देशन दिएका छन् ।
कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बौद्धकालिन सभ्यताका प्रशस्त अवशेषहरु कपिलबस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमश काम गर्दै अघि बढ्ने बताए । साथै तिलौराकोटलाई विश्व सम्पदा सूूचीमा सुचीकृत गर्ने तयारीका लागि आवश्यक सम्पूूर्ण प्रक्रिया पूूरा भएको जानकारी दिए ।
अवलोकना क्रममा सगरहवा ताललाई स्थानीय तह, स्थानीय बासिन्दाको समेत अपनत्व हुने गरि बौद्धकालिन सभ्यतालाई प्रस्तरमा उतारेर पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार कार्यशाला गर्ने परिषदले निर्णय गरिसकेको छ ।

