भक्तपुरको मुनि विहारमा २९ जनाले लिए प्रवज्या

भक्तपुरस्थित मुनि विहारमा यसै साता २९ जनाले सामुहिक प्रवज्या लिएका छन् । आउँदै गरेको बुद्ध जयन्तीको अवसर पारेर सामूहिक प्रवज्या गरिएको हो । प्रवज्या कार्यक्रममा बालकदेखि वयस्कसम्म सहभागि भएको मुनि विहारका प्रमुख भिक्षु विपस्सीले जानकारी दिनु भयो ।

प्रवज्या लिएकामध्ये कतिपय घरमै फर्किने र कतिपय विहारमै बस्ने भिक्षु विपस्सीले बताउनु भयो । प्रवज्या लिएकामध्ये केही थप उच्च शिक्षाका लागि थाइल्याण्ड जाने उहाँले बनाउनु भयो ।

सामूहिक प्रवज्या लिएकाहरुलाई नगर परिक्रमा पनि गराइएको थियो ।

Share

Related posts

Leave a Comment