विश्वमा रहेका सबै प्राणीको उन्तति र प्रगतिको कामना गर्दै काठमाडौँको बौद्धमा ६ दिने ञिङ्मा मोलान्म (प्राणिधान पूजापाठ) गरिएको छ ।
पुस शुक्लपक्ष दशमीदेखि पूर्णिमासम्म गरिने उक्त पुजा पहिले बौद्ध चैत्यपरिसरमै हुँदै आएको भएता पनि यसपटक भने शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा)मा गरिएको छ । बौद्धनाथ स्तुप दर्शनका लागि आउने दर्शनार्थीलाई असहज नहोस् भनेर यसपटक शेर्पा सेवा केन्द्रमा मोन्लाम गरिएको हो ।
पूजा पाठमा नेपाल तथा विदेशबाट आएका हजारौं लामा गुरुहरु, आनीहरु तथा उपासक उपासिकाहरुको उपस्थिति रहेको थियो ।
शाक्यमुनि बुद्धको जन्मभूमि नेपाल लगायत विश्वमा दीगो शान्ति, सुख र सम्वृद्धि फैलाउन एवम् नेपालमा रहेका बौद्ध तीर्थहरुको प्रचार प्रसार एवं धार्मिक तथा साँस्कृतिक महत्वलाई जीवन्त राख्न अनि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्नको लागि यो कार्यक्रम गरिएको आयोजकको भनाई छ । नेपाल बौद्ध ञिङ्मा संघले २०६६ सालदेखि वार्षिक रुपमा मोन्लाम गर्दै आएको छ ।