रुपेन्देहीको तिलोत्तमा नगरपालिका ६ स्थित बुटवल बेलहिया सडकखण्डको ६ लेन सडकको डिभाइडरमा राखिएका बुद्ध मुर्ति अज्ञात समूहद्वारा तोडफोड गरिएपछि अहिले यो विषयको देशव्यापी निन्दा भइरहेको छ ।
मुर्ति तोडफोड भएपछि अहिले बौद्ध धर्मसम्बन्धी विभिन्न संघसंस्थाले भर्त्सना गरेका छन् । नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेनले विज्ञप्ति जारी गर्दै विश्व शान्तिको प्रतिक बुद्धको मुर्तिलाई तोडफोड गरी मुलुकमा अशान्ति निम्त्याउने र धार्मिक सद्भाव खलबलाउने कुकार्यले कसैको हित नहुने बताएका छन् । उनले यस्तो कार्यप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको भन्दै मुर्ति तोडफोडमा संलग्नलाई अलिवम्व कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
अखिल नेपाल भिक्षु महासंघले पनि विज्ञप्ति निकाल्दै उक्त घटनाको भर्त्सना गरेको छ । बुद्धको जन्मभूमिमै यस्तो प्रकारको घटनाले लज्जित बनाएको भिक्षु महासंघको भनाई छ । बौद्ध युवा कमिटी ललितपुरले विहीबार छुट्टै विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गरेको छ ।
उता, रुपेन्देहीमा रहेको अन्तराष्ट्रिय बुद्ध परियत्ति उदय बुद्ध विहारले पनि मुर्ति तोडफोडकोा घटनाको भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ । विहारको विज्ञप्तिमा पद्म चैत्य विहार, नेपाल मगर बौद्ध सेवा समाज, संघीय परिषद, नेपाल मगर बौद्ध सेवा समाज, प्रदेश ५ र नेपाल मगर बौद्ध सेवा समाज, जिल्ला परिषद रुपेन्देहीले पनि ऐक्यवद्धता जनाएका छन् ।
तामांग बौद्ध महासंघले पनि घटनाको भर्त्सना गर्दै विज्ञप्तिमार्फत विरोध जनाएको छ । यस्तो घटनाले सबैलाई चिन्तित बनाएको उल्लेख गर्दै दोषीलाई कारवाही गर्न महासंघले माग गरेको छ ।
विभिन्न संघसंस्थाको प्रेश विज्ञप्ति :




