रिङ्गु तुल्कु रिन्पोछेको स्वास्थ्यलाभका लागि विश्वभरका बौद्ध समुदायलाई प्रार्थना गर्न आग्रह

१ मंसिर, काठमाडौं: तिब्बती बौद्ध धर्मका प्रसिद्ध गुरु रिङ्गु तुल्कु रिन्पोछेको स्वास्थ्यमा समस्या देखिएपछि उहाँको शीघ्र स्वास्थ्यलाभ तथा दीर्घायुको कामना गर्दै विश्वभरका बौद्ध समुदायलाई प्रार्थना गर्न आग्रह गरिएको छ। बोधिचर्या संस्थाले नोभेम्बर १६ मा सार्वजनिक गरेको जानकारीमार्फत उहाँको स्वास्थ्यलाभका लागि प्रार्थना, धार्मिक अभ्यास तथा पुण्य समर्पण गर्न शिष्य, अनुयायी र बौद्ध साधकहरूलाई अनुरोध गरेको हो।

संस्थाका अनुसार रिन्पोछे चिकित्सकीय निगरानीमा रहनुभएको छ र उहाँको स्वास्थ्य अवस्थाबारे परीक्षण भइरहेको छ। उहाँको स्वास्थ्य समस्याको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। यसैबीच, विभिन्न बौद्ध धर्मगुरु तथा आध्यात्मिक व्यक्तित्वहरूले उहाँको दीर्घायु र शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रार्थना गरेका छन्। बौद्ध समुदायलाई पनि आ–आफ्नो परम्पराअनुसार प्रार्थना, मन्त्रपाठ तथा पुण्य समर्पणमा सहभागी हुन आग्रह गरिएको छ।

सन् १९५२ मा तिब्बतको खाम क्षेत्रमा जन्मिनुभएका रिङ्गु तुल्कु रिन्पोछे काग्यु बौद्ध परम्पराका प्रतिष्ठित धर्मगुरु हुनुहुन्छ। उहाँले सन् १९९७ मा बोधिचर्या संस्था स्थापना गरी बौद्ध शिक्षाको संरक्षण, अनुवाद, प्रकाशन तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ। उहाँको स्वास्थ्य अवस्थाबारे विश्वभरका शिष्य तथा अनुयायीहरूले चासो व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना गरिरहेका छन्।

Share

Related posts

Leave a Comment