बौद्ध धर्म र दर्शनमा थुप्रै जीवनपयोगी ज्ञानहरु रहेका छन् । यस धर्मभित्र रहेका वैज्ञानिक र व्यवहारिक ज्ञानकै कारण अहिले विश्वभर नै बौद्ध धर्मका अनुयायीहरु बढ्दै गइरहेका छन् । गौतम बुद्धले दिनुभएका अनेकौ ज्ञानहरु हाम्रो जीवनका लागी एकदमै महत्वपुर्ण रहेका छन् ।
बौद्ध धर्मभित्र तनाव, चिन्ता, त्रास लगायतबाट कसरी बच्ने भन्ने अनेकौ विधिहरु रहेका छन् । आज विश्वमा नै तनाव र चिन्ताबाट छुटकारा पाउन बौद्ध धर्मभित्र रहेका ज्ञानहरुको अवलम्वन गर्ने गरेका छन् ।
हिमाली बौद्ध परम्पराका धर्मगुरु छोग्याल रिन्पोछेले पनि समय समयमा प्रवचन तथा जीवनपयोगी ज्ञानहरु बाँढ्दै आउनु भएको छ । अहिले कोरोना संक्रमणले एकदमै तनाव र चिन्तामा रहेकाहरुलाई राहत पुग्ने गरी उहाँले जुममार्फत् कसरी चिन्ता र तनाव कम गर्ने भन्ने बारेमा महत्वपुर्ण कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ । मे १३ बिहिवार हुने उक्त कार्यक्रममा विश्वभरका अनुयायीले जुममार्फत सहभागिता जनाउन सक्नेछन् । नेपाली भाषामा सञ्चालन हुने कार्यक्रम मध्यान्ह ३ बजेदेखि सुरु हुँदैछ ।

