लुम्बिनीमा विश्व शान्ति पूजा हुने

बुद्ध जन्मस्थल लुम्बिनीमा महायानी बौद्ध विश्वशान्ति पूजा हुने भएको छ । विश्वशान्ति पूजामा देशका विभिन क्षेत्रका भिक्षु, लामा तथा इच्छुक आस्थावान उपासक उपासिकाहरू सहभागि हुने भएको छ ।

विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको हितको कामना गर्ने उद्धेश्यका साथ बौद्ध जागरण केन्द्रले विश्वशान्ति पूजा गर्न लागेको हो । पूजा मंसिर १८, १९ र २० गते हुने भएको छ । परमपुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको सानिध्यमा जागरण केन्द्रले विश्वशान्ति पूजा गर्न लागेको हो ।

केन्द्रको नेतृत्वमा गतवर्ष देखि बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति पूजा हुँदै आएको छ । ३ दिन सम्म चल्ने पुजामा विभिन्न भगवानहरूको प्रार्थना हुने र सत्व प्राणीहरूको दुःख हटाउन र चित्त शान्ति गर्न मन्त्रोच्चारण हुने आयोजक संस्थाले जानकारी दिए ।

हिमाली बौद्ध समुदायमा मोन्लाम (विश्व शान्ति) पूजालाई सबै भन्दा ठूलो पुजा मानिन्छ । बुद्धको जन्मस्थल सबैभन्दा महत्वपूर्ण हुने भएकाले लुम्बिनीमा जागरण केन्द्रले पूजाको आयोजना गर्दै आएको छ ।

मायादेवी मन्दिरको पछाडि रहेको गुम्बाको परिसरमा विश्वशान्ति पूजाको आयोजना हुने कार्यक्रम छ । कार्यक्रममा सहभागी हुन इच्छुक आस्थावान उपासकउपासिकाहरु, मणिछोक्पा, केन्द्रका जिल्ला शाखा उपशाखाहरूलाई यहि मंसिर ११ गते भित्र तिनचुली स्थित कार्यालय तथा संस्थाका सदस्य रिन्छेन तामाङलाई जानकारी गर्न समेत केन्द्रले जानकारी दिएको छ ।

Share

Related posts