बौद्ध धर्मका अनुसार दुःख निरोधको बाटो चौथो आर्य सत्यको आर्य अष्टांग मार्ग हो । गौतम बुद्ध भन्थे चार आर्यसत्यको सत्यताको निश्चय गर्नको लागि आर्य अष्टांग मार्गको अनुसरण गर्नु पर्छ ।
१. सम्यक दृष्टि ः सबै बस्तुको वास्तविकता बुझ्नु
२. सम्यक संकल्प ः नराम्रो काम नगर्नु र परोपकारको भावना जागृत राख्नु
३. सम्यक वाक् ः हानिकारक कुरा नगर्नु र झूट नबोल्नु
४. सम्यक कर्म ः हिंसा, चोरीजस्ता नराम्रा कामहरू त्यागी राम्रा काम गर्नु
५. सम्यक जीविका ः कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्नु
६. सम्यक व्यायाम ः मनस्थितिलाई शुद्ध राख्नु
७. सम्यक स्मृति ः म र मेरो भावनाबाट माथि उठ्नु
८. सम्यक समाधि ः चार आर्यसत्यको मनन र आर्यसत्यमा श्रद्धा, आनन्द एवं शान्तिको चेतनाप्रति उदासीनता र शारीरिक एवं मानसिक सन्तुष्टिको अभावावस्ता आदि ।

